~हरी गौतम~
फक्रिएको फुल पनि त, झरेर एकदिन जाने हो!!
किन गर्छौ तँ-तँ र “म-म” मरेर एकदिन जाने हो!!
जीन्दगीको गोरेटोमा कयौ आउछन वाधा व्यवधान्
संघ्रर्ष गरी जसरी जंघार, तरेर एकदिन जाने हो!!
उच-निच धनि-गरीब मोह माया सबै त्यागी
सोचौं,अरूले भन्दा भिन्नै गरेर एकदिन जाने हो!!
भन्नेले भनोस् न सही, उ राम्रो मान्छे थिएन
सबैको दिल दिमागमा मिठास, भरेर एकदिन जाने हो!!
लिएर केही आएनौं हामी, न केही लियर जाने छौ
देंह आगोमा वाली खरानी, छरेर एकदिन जाने हो!!
हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )