लघुकथा : माफ माग्दा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

आफ्नी भतीजीको विवाहको निमन्त्रणा कार्ड मोटरसाइकल चढेर बाड्दै हिँड्दा ठमेलमा एकजनाको घरमा पसेर निमन्त्रणा कार्ड बाडेर मूलगेटबाट बाहिर निस्कनासाथ बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेको आफ्नै आँखाले देख्ने बित्तिकै एकछिन हिड्न मन नलागेर त्यही उभिए । केही पर पुगेपछि ठमेलको सातघुम्ती जाने बाटोमा ट्राफिक प्रहरीले मलाई बोलाएर मोटरसाइकल रोक्न लगायो ।

“मोटरसाइकल रोकेर मलाई किन बोलाउनु भएको ?” मैले ट्राफिक प्रहरीलाई सोधें ।

“यो ओन वेको बाटोमा तपाईले मोटरसाइकल चलाउनु भएकोले मैले बोलाएको हुं खै तपाईको लाइसेन्स देखाउनुस् त ।”

मैले आफ्नो सवारी साधन चलाउने लाइसेन्स र आफू काम गर्ने कार्यालयको कर्मचारी परिचयपत्र दुवै झिकेर देखाए ।

ट्राफिक प्रहरीले “लाइसेन्स मलाई फिर्ता दिएन कर्मचारी परिचयपत्र मात्रै फिर्ता दियो र मेरो नाममा कुपन काटेर लाइसेन्स वडा प्रहरी कार्यालय सोह्रखुट्टेमा गएर लिनुस् है” भने ।

“मैले आफ्नो दाजुको छोरीको विवाहको कार्ड धेरै घरमा लगेर आजकै दिनमा दिएर सक्नु पर्नेछ भोलिको विवाहको लागि । मेरो लाइसेन्स मलाई फिर्ता दिनुस् न । म एकपटक माफ नै माग्छु तपाईंसँग ।”आँखाबाट आँसु झारेर मैले बिन्ती गरेँ ।

“सोह्रखुट्टेमा गएर लिनुस्न लाइसेन्स !”

“सोह्रखुट्टेमा कहिले गएर मैले मेरो लाइसेन्स लिन पाउछु त ?”

“भोलि नै पाउनुहुन्छ” उसले उत्तर दियो ।

“भोलि मेरो दाजुको छोरीको विवाहले आफूलाई फुर्सद नै हुँदैन तपाईले मलाई माफ माग्दा पनि मेरो लाइसेन्स फिर्ता दिनु भएन । म पनि तपाई जस्तै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी हुं मेरो कर्मचारीको परिचयपत्र तपाईले हेरिहाल्नुभो कुनै दिन तपाईको पनि मैले काम गर्ने कार्यालयमा काम पर्यो भने तपाईलाई नझुलाएर कहाँ छाड्छु र ?” मैले भने ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.