~बच्चु कैलाश~
मेरो मनको मधुर गीतमा तिम्रो सङ्गीत बजिरहोस्
उर्लिरहोस् प्रीति हृदयमा जीवन आशा छल्किरहोस् ।।
मेरो प्यारको नयाँ मुनामा तिम्रो माया बिन्दु परोस्
निर्मल नीलो आकाश झैं हाम्रो माया विशाल होस् ।।
मेरो मुटुको माझमा तिम्रो धड्कन चलिरहोस्
शरिर दुई मन एक भई सपना विपना बनिरहोस् ।।
शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश