~पस्मिना बस्नेत~
मलाइ मेरा कथाहरुले सुत्न दिएनन्, मलाइ मेरा सपनाहरुले ब्युउझाईरहे, भन्न मन लाग्यो छाती खोलेर , धक फुकाएर जति लुकाउन भन्दा नि लुकेनन , जति छोपु भन्दा नि झन् माथि-२ आए याद हरु यी-छिप्पिंदै गएका रातहरु संगै उठेका धेरै उनुत्तरित प्रश्नको उत्तर खोज्दा खोज्दै….
रात निकै बिती सकेछन यहि सुन्य रात संगै बढेको चिसो हावाको स्पर्श ले मुसार्दा मनहरु सग्बगीयेर फेरी केहि लेख्न थाले सुन सान रातमा मन भित्र तरंगित मिठा शब्द हरु कम्प्युटर को कि बोर्ड हुँदै एक-एक गरि निस्किन थाले……..कस्तो अच्च लाग्छ जीन्दगी का चक्र हरु , दुख शुख का पानाहरु पल्टाउदै घुमी रहन्छन |
समय कति बल-वान न त् आँशु आयो भनि सहानुभूति जनाउछन न त् खुशी छौं भनि हर्ष खोस्छन : कस्तो पुस्तक हो यो जीवान हावाको हल्का झोक्काले नै पल्टाउने अनि पानाका अक्षर नबुझिने भाग्य रेखा झैँ झुली रहन्छन , कस्तो रहस्यमय छ मनमा साच्चै क्युरियोसिटी जगाइरहन्छ हर प्रश्नको जवाफ त् सायद सबै संग छ जस्तो लाग्दैन . जीवान यति रहस्यमय नहुँदो हो त् यति मिठो र महत्वपूर्ण हुँदैन थियो होला , त्यसैले त् जीवानलाइ यस धर्तिको सबै भन्दा सुन्दर फुल अनि उपहार मानिन्छ !
यति सुन्दर जीवानको हरेक खुट्किला हरुमा यी निर्दोष पाइलाहरु चलाउन नजान्दा कहिले काहीं जीवन मा पश्चाताप भन्दा अरु केहि नरहँदो रहेछ :
हामी बिग्री सके पछी आफ्नो कर्मलाई दोश्ने चलन/परम्परा नयाँ होइन तर कहिले कहीं यस्ता मान्यता हरुले दीग भ्रमित पार्दो रहेछ किनकी हामी यहीं कुशपानी को मानसिकता ले छर्किएर चोख्खिये का हौ ! जीवानलाइ काचो माटोको आकार दिंदा कहिले राम्रो त् कहिले नराम्रो नि आकार लिन सक्छ त्यस बेला कसलाई दोस दिने बन्ने समान लाइ वा बनाउने व्यक्ति लाइ ! हजुर यस्तै नानाथरी कुराहरुले डेरा जमैराहे मन भरि , मस्तिष्क भरि अनि स्मृति भरि : प्रिय प्रतिक तिम्रै मिठो यादमा , सम्झनामा अनि तिम्रै नाममा _______क्रमश :
कहिले खुशी बाड्नको लागि नि कोही , हुन् त् कहिले पीडा लुकाउ भन्दा हजार बहाना हरु फेल हुन्छन !!
पस्मिना बस्नेत
काठमाण्डौ , नेपाल !
(स्रोत : नारीदर्पण डट कम)