गजल : न यता भएँ न उता भएँ

~मोतिराम भट्ट~Motiram Bhatta

यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ,
नत मन् लियें नत दीदियें न यता भएँ न उता भएँ ।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भएँ न उता भएँ ।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भएँ न उता भएँ ।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भएँ न उता भएँ ।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भएँ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.