~‘इखालु’ रमेश गेलाल~
बिपनी मै छाडे पछी सपनीमा आउँछ्यौ किन ?
जता जता छायाँ मेरो उतै उतै धाउँछौ किन ?
एकै नदि दुइ किनार पारी मलाई गए पछी
नदी बिचमै मलाई डुवाई डुङ्गा तिमी ख्याउँछौ किन ?
गरीवी नै अभिशाप भो तिम्लाई मैले रोज्दा खेरी
सपनी मै पटक पटक चोटको प्याला प्याउँछौ किन ?
बसन्त त्यो जीवन मेरो शिशीर बनाई छाडेपछी
थुनी मलाई कोठरीमा बाहीरबाट च्याउँछौ किन ?
चोटै चोटले विहोस भई सडक नै प्यारो भयो
सेवादाही बन्दै तिमी मलम पट्टी ल्याउँछौ किन ?
छिया छिया भयो शरीर तिम्रै चोट उपहारले
आँफै चुडि माया डोरी च्व.. च्व.. लोरी गाउँछौ किन ?
– December 7, 2006