~रुमन न्यौपाने ‘अमन्त’~
१.
सगुन ! ए….. सऽऽगुन !
“हेर तिम्रो लागी केही लेराएको छु” ।
“सगुन हेर तिम्रो लागी केही लेराएको छु”। मैले फेरी भने उसले नसुनेको हुनाले ।
“तिमी आएको ?” उसले पछाडी र्फकेर मलाई हेरी तर धेरै पछी मलाई देख्दा पनी उसमा कुनै उत्तेजना थिएन ।
हेर तिम्रो लागी के लेराएको छु ? मैले सबै सामान छेउमा फालेर उ तिर दौडीए । उसको नजिक पुगेर उसलाई आफुतिर तानेर उसको कान नजीकै गएर फुसफुसाए म तिमीलाई माया गर्छु । हो म तिमीलाई माया गर्छु । धेरै पछी मैले सगुनलाई आफु छेउमा पाएको थिए । उ अन्यमस्कन भएर त्यहीँ उभीएर मलाई हेरी रहेकी थिई ।
दुबै हातहरुले उसलाई कसेर अझै आफु नजिक ताँने । मैले सगुन लाई नदेखेको मात्र दुई महीना भएको थियो तर आफु यसरी अचानक आईपुग्दा पनी उसको अनुहारमा खुसी का कुनै रेखाहरु थिएनन् । उसले आफुलाई मेरो पकड बाट छुटाएर मैले लेराएको सामानहरु भएतिर लागी ।
—तिमी बदलिए छौ ? मैले भनेँ
—हो र म मोटी भएछु ? मैले लेराएको गिफ्टहरु खोल्दै नहाँसीकन, म तिर नहेरीकन उसले दोस्रो बाक्य फुटाई ।
—तिमीलाई त्यस्तो लाग्दैन तिम्रो ब्यबहार……“कहीले र्फकीएको तिमी ?” उसले मलाई बिचमै काटेर अप्रसाङ्गीक कुरा उठाई ।
—“कस्तो लाग्यो ?” मैले मेरो गिफ्टहरु तिर औंल्याएर भने तर उसले खोजेको जवाफ दिईन ।
—राम्रो छ…….उसले अरु पनी केह भनेकी थिई तर मैले सुनिन ।
एकै छिनको मौनता तोड्दै मैले आफु हिजो र्फकीएको कुरा भने । अनी हिजोनै किन नआएको भनेर उसले सोधी भने त्यसको जवाफ म यस्तो दिन्थेँ भनेर आफुलाई तयार पारेको थिएँ ‘हिजो आफुसंगै र्फकीएको साथीलाई उसको घर सम्म छोडिदीदा अबेर भयो त्यसैले तिमी लाई तुरुन्तै भेटेन आउन सकीन’ तर उसले मलाई कुनै प्रतिप्रश्न गरीन र आफुले रचेको त्यो झुठ भन्नु नपर्दा मलाई बिलकुलै केही कुरा नढाँटेको अनुभब भयो । तर उसमा अएको परिर्बन देखेर म छक्क परे । उ नौली भएकी थिई । उसलाई यती कम बोलेको कहीले सुनेको थिईन । मैले कुनै अरु कुरा नगरी त्यहाँ बाट निस्कीए । तल सडकमा पुगेर मैले उसको झ्याल तिर हेरे उ त्यहाँ उभिएकी थिई बाल्कोनीमा तर मलाई हेर्न होईन । उ पर कतै गौर गरेर हेर्दै थिई । मैले उसको नजर तिर आफुलाई डोर्याए ।
त्यो त्यही भग्नाबशेष थियो जाँहा कुनै समय राजाको दरबार थियो । त्यो जिर्ण भएर अझै उभिएको थियो । झ्यालहरु थिए तर खापाहरु थिएनन् र त्यो दरबार माथि उम्रीएको झारहरुले गर्दा त्यो अती कुरुप देखीएको थियो । सगुन अझै त्यहीँ उभीएर त्यो दरबार तिर हेरीरहेकी थिई । उसले पुलुक्क तल बाटोमा म भएतिर हेरी, मैले हात हल्लाए अनी त्यही दरबारको पेटी भएतिरबाट गएँ ।
२.
एक साँझ शिला भाउजुको फोनले म ब्युँझीए । अबेर सम्म सगुन ले ढोका नखोलेको हुनाले भाउजु आत्तीनु भएको रहेछ । “दाई हिजै नेपालगञ्ज जानु भयो…..” मैले भाउजुको कुरा बिचमै काटेर “आईहाल्छु” भनेर कोठा त्यत्तीकै छोडेर म सगुनको मा दौडीए । धेरै बेरको आग्रह अनुग्रह पछी सगुनले बिस्तारै ढोका उघारी । उ झ्वाम्म म भएतिर आई र अंगालोमा मलाई बेरी ।उसको कपाल लछारीएको थियो, आखाँमा लगाएको गाजल आशुले लतपतिएको थियो । कोठामा भएका सामानहरु सबै लथालिङ्ग भएको थियो । मैले सबै तिर एक दृष्टी लगाए तर त्यहाँ के भएको हो मैले बुझ्न सकीन तर सगुन धेरै आत्तीएकी थिई उसले गोडाका नङ्गहरुले भुई कोतरीरहेका थिए मैले सगुनको निधारमा झरेको कपाल बिस्तारै पन्छाएर आफुतिर तांने । उसको निधार सबै पसिनाले गर्दा भिजेको थियो । उ घरिघरी त्यता झ्यालतिर हेरीरहेकी थिई । उसको सल त्यँही झ्याल बाट बाहिर झुन्डीएको थियो ।
—तिमी ठिक छौ ? मैले उसलाई सोधे ।
भाउजुले भन्नु भएको म गए देखी उ यस्तै ब्यबहार देखाई रहेकी छे, कहीले काही त्यही झ्यालमा बसेर के के कुरा गरीरहेकी हुन्थी रे ।
“………..” उसले केही बोलीन । उ तर्सिएर अझै झ्याल तिर हेरीरहेकी थिई ।
—हिड बाहिर जाउँ । मैले उसलाई तयार हुन बाथरुम जान भने ।
उ बिस्तारै कोठा बाट बाहिर निस्कीई बाथरुम जान भनेर । भाउजु म संगै आएर बस्नु भयो । तिमी गए देखी सगुनको ब्यबहार परिर्बतन भएको छ यो राम्रो कुराको लक्षण होईन मलाई त लाग्छ उ…..भाउजु बिचमै रोकीनु भयो । मैले भाउजुको कुर बुझे उहाँको मतलब सगुनको मानसिक सन्तुलुन बिग्रीएको भन्न खोज्नु भएको होला । म आत्तीए, म अगाडीको क्षीतीज पुरै कालो भएर आयो । केही महीनामै उ संग जन्मजन्मान्तर को लागी म जोडीदै छु । ‘बिहे गर्नुछ’ मेरो मुखबाट अनायसै शब्दहरु प्रस्फुटन भए ।
—हो त्यसैले म भन्दैछु उसलाई कुनै मनोचिकित्सक लाई देखाउने हो की ? भाउजु भन्दै हुनुहुन्थ्यो ।
हामी दुबै जना बाहीर गर्यौ । नजिकैको चाईनिज रेष्टुरेन्टमा बस्ने सगुनको मनसाय भएको ले हामी त्यही पस्र्यौ । त्यो ठाँउको बिशेशता शान्तीपुर्ण बाताबरण थियो । उसलाई अंगालोमा बेरेर उसको कम्मर लाई बिस्तारै आफुतिर तानेर मैले बिहेको कुरा उक्काए । उसले ईन्कार पनी गरीन तर त्यस बारेमा अरु केही कुरा पनी भएन । उसको निधारमा सुख्खा चुम्बन गरे । उसको रहरलाग्दा आँखाले म लाई एकटकले हेरीरहेका थिए । उसको आँखा भित्र एककिसीमको डर देखिन्थ्यो तर कीन ? मैले सोधीहाल्ने आँट गरीन । केहीबेर पछी हामी र्फकीयौ । सगुन कोठा भित्र छिरी ।
भाउजुले फेरी संझाउनु भयो “उसलाई कता लाने बिचार गर्नु भयो त ?”
–मलाई लाग्छ उसलाई त्यस्तो केही भएको छैन । भाउजुको पटक पटकको त्यही कुरा चित्त बुझेन म सगुनकै कोठा तिर लागे त्यती भन्दै ।
उ त्यहीँ पुरानो दरबार तिर हेरीरहेकी थिई । उसलाई अंगालोमा बेरे । उसको हत्केलालाई आफ्नो गालामा राखेर उसको स्पर्शलाई अनुभब गरे उसले मलाई नछोएको धेरै भएको थियो । –उसलाई फेरी सोध्न खोजे तिमीलाई के भएको छ ? तर उसले केही भन्न खोेजे झै गरी । उसको ओठहर र्फफराएको थियो । उसको आँखाबाट टिलपिल गरेको आँशु मेरो हातमा तपक्क खस्यो । त्यो तातो आँशुले मेरो मन पग्लीयो । के भयो तिमीलाई किन आत्तीएको छौ ? मैले सासले मात्र कम्पीत स्वरले उसलाई सोधे । उ अनकनाएकी थिई । उसलाई शब्दहरु फुटाउन सहज थिएन । आँशु झरेर उसको ओठहरु भिजीसकेका थिए । मैले उसको ओठलाई आफुतीर तानेर माया गरे । उ झन रुन थाली । मैले उसलाई च्यापेर खाटमा बसाँए । मलाई डर छ तिमीले मलाई कतै छोडीदिन्छौ उसले हिक्क हिक्क गर्दै त्यती बाक्य फुटाई ।
–किन ? म किन छोडुँ ? मैले उसलाई आश्वस्त पारे । उसका औलाहर परको त्यही दरबार तिर औलाएर उसले भनी “मलाई राजकुमारले बलात्कार गर्यो ”
–म जोड जोडले हास्न थाले “कसरी ?”
–तिमी हिडेको त्यही रात त्यो राजकुमार यही झ्यालबाट भित्र छिरेको थियो । उ कालो घोडामा चडेको थियो । उसको दुई ठुला आखाँहर राताराता थिए । उसले म तिर हेरेर बिहेको प्रस्ताब राख्यो तर मैले तिमीसंग मेरो बिहेको कुरा छ भनीदिए । उसले मानेन म माथी बलात्कार गर्यो ।
– म फेरी हाँसे । उ कसरी आयो ?? घोडामा…..??….झ्यालबाट ??….. मेरो हाँसो ले कोठा फेरी घन्कीयो ।
–उ फेरी रुन थाली “तिमी मलाई बिश्वास गर्दैनौ, मलाई थाहा थियो” ।
– मैले भने । म बिश्वास गर्छु तर त्यो त ईतिहाँस हो त्यो राजकुमार मरीसकेको छ ।
–उसलाई मैले देखेको छु उ मरेको छैन । उ घोडामा आएको थियो । उसले जिद्धी गरी ।
भाउजुले भन्नु भएको कुरा मेरो दिमागमा बारम्बार गुञ्जीरहेको थियो । ‘मानशिक असन्तुलन ’ । मानशिक असन्तुलन ।
उ फेरी कराउन थाली तिमी पनी त ईतीहास हौ नी उसले तीमीलाई पनी मारीदियो । तीमी त्यही लडाईमा मारीएको थियौ । तिम्रो हजारै सेनाको अगाडी उसले घुँडा टेकोको थियो तर सिर्सासको त्यो लडाईमा उसले तिमीलाई धोकाले मारेको थियो ।
– म मरीसके, कहीले ? मलाई अच्चम लागेको थियो । मैले उसलाई सोधें ।
– उसको आखाँबाट बगेको आशुहरु मेरो हात हुदै बगीरहेको थियो । “त्यही लडाई जुन बदलाको लागी भएको थियो । सिसार्स जाहाँको राजा ले अर्थात तिमीले यहाँको राजालाई मारेको थियौ त्यसको बदला लिन राजकुमारले तिमीलाई सिर्सासमा सन्धी गर्न बोलाएको निहुँमा मारेको थियो । ”
मैले यो नसुनेको ईतिहास कता बाट उसले भन्दैछे म अच्चममा थिएँ । उसले फेरी भनी त्यो दिन पनी त्यो आएको थियो
–कुन दिन? मैले भने
–तिमी आएको भोलीपल्ट । उसले मलाई भनी ।
–अनी के भयो त्यो दिन ? मैले सोधे
त्यसले मलाई सिर्सासको लडाँईमा के भएको थियो ? त्यो किन लडीयो ? तिमीलाई किन मारीयो सबै भनेको थियो ।
–ठिकै छ मैले भने जित कस्को भयो ? बर्तमान मा तिमी संग छु । मैले मेरो जिबन पाईन र ?
उ फेरी रुन थाली । होईन तिमीलाई उसले मारीदियो उ अझै जिद्धी गर्दै गई ।
मैले उसलाई बुझाउन सकीन । मेरो हार भयो मैले यस्तै सोचे ।
–अनी के भयो ? मैले सोधे । मेरो धरातल धसीएको अनुभब भयो ।
–त्यसले जबरजस्ती गर्यो तर तिमी आई पुगेको हुनाले त्यो मेरो सल झ्याल बाट खसालेर भाग्यो ।
मैले याद गरे त्यो दिन सगुनको सल झ्याल बाहीर झुन्डीएको थियो । मेरो रैहरु ठाडा भए । म डर ले काम्न थालेको थिए । म सोच्न बाध्य भएको थिए के यो सत्य हो ? के म मारीएको थिए सगुनले सोचेको सिर्सासको लडाँईमा ? हो भने म त केबल भ्रम हुँ । म भबिष्य होईन ।
मैले उसलाई धेरै ठाउँमा देखाँए तर समस्याको हल कतै बाट निस्कीएको थिएन । उ झन झन त्यो उसको मनको ईतिहासको कथामा हराउन थालेकी थिई । उ सुक्दै गएकी थिई । बिरामी पर्न थालेकी थिई । उसको होस हराएको थियो उ अर्धचेत अबस्थामा खाटमा सुतीरहन्थी । उ त्यही कथा बर्बराई रहन्थी । र्सिसासको लडाई, मारेको राजा, अनी त्यही राजाको छोरा राजकुमार जसले मलाई पनी पछी मारिदियो रे । उ त्यही कथा दोहोराई रहन्थी । उसले मलाई भनेकी थिई त्यही बदला लिएको थियो रे उसलाई बलात्कार गरेर ।
करीब बर्ष दिन पछी एक बिहान म त्यही झ्याल छेउमा उभीएर त्यही दरबार तिर हेरीरहेको थिए । उसले मलाई पनी आफुजस्तै बनाई सकेकी थिई ‘पागल’ म त्यहीँ हेरेर उ जस्तै टोलाउन थालेको थिए । त्यो बिहान अचानक मेरो अगाडी र्सिसासको लडाई लडिदै थियो । हजारै सेनाहरुको टाउको काटीएको थियो । लडाई भयाबह थियो । मैले सगुनको आखाँबाट त्यो लडाँई हेर्दै थिए सायद उसले देखेको लडाई पनी त्यही थियो होला । मेरो जिउ भरी काँडा उम्रीएको थियो म डरले त्यही युद्ध हेर्दै थिए । सगुनले मलाई पनी उसको सपनामा डुबाएर गएकी थिई । सिर्सासमा कुनै लडाँई भएको थिएन, न म मारीएको थिएँ यो सबै उसले सिर्जना गरेको भ्रम थियो जस भित्र उ हाराई सदाको लागी । यो युद्ध उसले जन्माएकी थिई तर म त्यही लडाई बारम्बार देख्ने र्गन्थे । यो मैले उसलाई गरेको आगाध प्रेमको प्रमाण थियो त्यसैले त म पनी त्यही कथा मा हराउन थालेको थिए । उसको कथामा, उसको सिर्सासमा ।
कालो घोडामाथी बसेको त्यो राजकुमार मलाई हेदै हासीँरहेको थियो । उ मेरो झ्याल छेउ उभिएको थियो । सगुनले देखेको राजकुमार यही हो जसले उसलाई बलात्कार गर्यो । मेरो दाँतहरु किटकिट गरीरहेको थियो । म डरले काँपीरहेको थिँए । यो लडाईको अन्तीम भाग थियो होला उ त्यही उसको कालो घोडामा र्फकीयो तर उसले मेरो टाउको किन छिनाएन ? के म सिर्सासको लडाईमा मारीएको थिईन ? किन सगुनले मलाई मारीएको भनी ? सगुनको जिबनलाई सिर्सासको युद्धले लियो तर म अझै त्यही युद्धमा धावा बोल्दैछु किन ?
…
(स्रोत : रचनाकारको ब्लगबाट सभार)