गीत : न कुनै जात हुन्छ

~आचार्य प्रभा~acharya Prabha

प्रेममा न कुनै जात हुन्छ
प्रेममा न कुनै रङ हुन्छ …
मनले चाहे कसैलाई
जिउनुको बेग्लै ढंग हुन्छ …
असमानता यस्ले जान्दै जान्दैन
जाती र रङ्भेद मान्दै मान्दैन …

छुवाछुत र भेदभावको
कुनै अर्थ ठान्दै ठान्दैन …
प्रेम एउटा संजोग हो
मिलन केवल बहना हो…
प्रीत लगाइ बाँच्नु नै
जीवनको अमुल्य उपहार हो …
सत्य प्रेम स्विकार्य हुन्छ
धनी र गरीब समान हुन्छ …
मनमा स्वछ माया भए
कुनै दिन यसैको बिजय हुन्छ …

(गंगा टेली सिरियलकोलागी तयार पारीएको गीत २०६१ साल )
(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.