कविता : अभिव्यक्ति

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

आमाको मुख हेर्ने
दिन यो आईदिंदा
बसन्ती बासना
बिगतले छाईदिंदा,
यो दूर थलोमा
त्यो भुल्न सकिन
विशाल बाटोमा
म डुल्न सकिन।
**
चाम्खोलो सुस्तरी
गलामा गढिंदा
ऐंसेलु आफैले
टिपेको सम्झिंदा,
यो दूर भूमिमा
त्यो भुल्न सकिन
विवशता बीचमा
म खुल्न सकिन।
**
दिदीको रोजाई त्यो
आमाले पहिरिंदा
रीति र रोटीको
बहुरङ्गी बल्झिंदा,
यो दूर बस्तीमा
त्यो भुल्न सकिन
रसभरी रमेर
म घुल्न सकिन।
**
बालखै देखिको
पल आज चर्किंदा
नयाँ यो सालमा
पुरानो फर्किंदा,
दूर, यो भोगाईमा
त्यो भुल्न सकिन
विशिष्ट रोजाईमा
म फुल्न सकिन।।
** **

२०६७ साल, मातातीर्थ औंसीका अवसरमा

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.