~मदन राई ‘लामाखुले’~
तिमी आकाशमा
उड्दा उड्दै तिम्रा आँखाहरू
पक्कै पनि ठोक्किए,
ती हिमालका धारीला धारीला चट्टानहरूमा
छरपष्टै भए जता ततै
पोखिए तिम्रा नजर ,
अनगिन्ती सुरम्य सुन्दर
हिमालका ताँतीहरूमा,
सायद बिर्स्यौ होला
तिम्रो देशको फूल-बगैचाहरू
टाढियो होला आँखाबाट
तिम्रा प्रिय वस्तुहरू
लोभियो होला यता !
तिम्रा उताउला आँखाहरू
सगरमाथाको आङमा विहानी घाम लाग्दा
सुनौलो चम्काई देखेर,
अकल्पनीय आनन्दमा
पक्कैपनि आफै हरायौ,
हाम्रो देशको भ्रमणमा आयौ,
गाउ पहाड खोला नाला,
उकाली ओराली घुम्ने,
अभावहरूको पीडा,
गरीबीको भुमरीमा पनि,
आनन्दमा रमाएको,
नेपाली अनुहारहरू
हेर्ने रहर लिएर आयौ,
आज नयाँ वर्ष हाम्रो नेपालीको,
स्वागत छ यो काठमाण्डूमा,
आउ हात बढाउ सहयोगको
आउ हात मिलाउ यी घाईतेहरू सित
आउ साथी बन अनगिन्ती
यी आन्दोलित सडकका घाईतेहरूको,
निर्मम् राक्षसका बुटहरूले कुल्चेर
भाचिएका हातहरू
निर्मम् तानाशाहरूका लाठी प्रहारले
भाचिएका खुट्टाहरू
अस्पतालमा नअटेका योद्धा घाईतेहरू
अलपत्र सडकमै थिए
तिमी औषधी लिएर आउदा
तिमीले मलम् पटटी लगाउदा,
करोडौं नेपालीको मन तिमीले जित्यौ,
यसै हामी गरीब नेपालीलाई
ऋण लगायौ
तिमी डाक्टर भएर
उसै हामी रोगी नेपालीलाई
थोरै भयपनि साहसको औषधी दियौ ।
यता आन्दोलनकारीको आँखाको नानी बन्यौ
उता राक्षस तानाशाहको आँखाको कसिंगर भयौ,
तेसैले त तिमी अपमान पुर्वक
तुरुन्तै देश निकाला भयौ,
घुम्न भनेर तिमी नेपाल आयौ,
घुम्नै नपाई तिमी फर्कियौ,
जाउ हाम्रो शुभकामना लिएर जाउ
हज्जारौ घाईतेहरूको माया लिएर जाउ
हज्जारौ शहिदहरूको आहुतिलाई
मन मस्तिकमा लिएर जाउ
पछि स्वागत गरौंला फेरि तिमीलाई
घाईतेका घाउहरू निको भएपछि
शहिदहरूका सपना साकार भएपछि,
नयाँ नेपालको चित्र सुनिस्चित भएपछि
पुन स्वागत गरौंला,
हाम्रो नयाँ हवाई मैदानमा ।
त्यसबखत तिम्रो मुहार
पहिलो भ्रमणको जस्तो अधेरो हुनेछैन
त्यसबेला,
सबै नेपालीको मुहार जस्तै उज्यालो
तिम्रोपनि हुनेछ,
नेपाल हेर्ने तिम्रो अधुरो सपना
त्यस बेला पुरा हुनेछ ,
नयाँ
नेपालमा ।
मदनराई“लामाखुले”
०६३।३।११