~बिमला ढुंगाना~
नेता भन्ने भोटे कुकुर जानेकै हो भुक्छन् भन्ने,
जनसाङ्लो टुटाएर थाहा थियो फुक्छन् भन्ने
स्वर्थीपनले नैतिकतालाई कौडी दाममा लिलाम गर्दै,
जननीका बिपरित सम्झौतामा चुक्छन् भन्ने
मुखले रामराम पिठ्युँबाट छुरा रोप्ने सँधियारले
भाइ फुटाई घर जलाई बर्वादीलाई ढुक्छन् भन्ने
यिनी भने आँगन काटी सौगात स्वरूप सुम्पी तिन्लाई,
“सत्ता पाउँ प्रभु” भन्न्दै पाउमा सधैं झुक्छन् भन्ने
मुखले “जय पशुपति” भन्छन हाम्रै चिन्ता छ रे,
हाम्रा मान्छे बुझ्दैनन् कि पान-खैनी झैं थुक्छन भन्ने
बिमला ढुंगाना, घट्टेकुलो
हाल यु यस ए