~समीर पाख्रिन~
डाक्टर जेपीटी गृहनगरको अस्पतालमा सरुवा भएर आएदेखि गाउँमा बस्ने उनको मामा फलानो पटेलको चुरीफुरी निकै बढेको थियो । गाउँमा पटेललाई भेट्न आउने, बाटोमा भेट्ने सबैसित उसले मेरो भान्जा सरकारी अस्पतालमा डाक्टर भएर आएको छ । उसले अब धेरै सम्पत्ति कमाउँछ । शहरमा घर बनाउँछ । सररर गाडी चढेर ऊ हामी मामा माइज्यू र भान्जाभान्जीहरूलाई भेट्न गाउँ आउनेछ भन्दै धाक लगाउन थालेको थियो । हुँदाहुँदा यो कुरा गाउँमा डढेलो सरह पैmलियो । फलानो पटेलका दौंतरीहरू ऊसित ईष्र्यासमेत गर्न थालेका थिए भने कतिपयले चाहिं कस्ता रहेछन् यो फलानो पटेलको डाक्टर भान्जा ? एकचोटि हेर्न पाए हुने थियो भन्ने रहर पालेर बसेका थिए ।
एक दिन कामविशेषले पटेललाई शहर जानुपर्ने भयो । ऊ सहर जान लागेको थाहा पाएपछि उसका दुईजना दौंतरीहरू पनि ऊसित शहर जान तयार भए । उनीहरू तीनैजना बस चढेर शहर पुगे । पटेल आप्mनो काम हतारहतार सकेर डाक्टर भान्जालाई भेट्न साथीहरूलाई लिएर अस्पताल पुग्यो । उसले अस्पताल परिसरभित्र प्रवेश गर्ना साथै ढोकामा उभिरहेको एकजना कर्मचारीलाई बढो रवाफका साथ सोध्यो,“तिमी यो अस्पतालको कर्मचारी हौ ?
“हो, किन ?” उसले पनि ठाडो जवाफ फर्कायो ।
“डाक्टर जेपीटी कहाँ भेट्छन् ? म उसको मामा, गाउँबाट आएको ? एकचोटि भेट गराइदेऊ त ।” फलानो पटेलले अ¥हायो ।
“ए डाक्टर सॉप त निस्किसक्नुभयो । उहाँलाई भेट्न त अब क्लिनिकै पुग्नुपर्छ । उहाँको क्लिनिक अगाडिको चोकैमा छ ।” केटोले सुझायो । तीनैजना क्लिनिकमा पुगे । त्यहाँ बिरामीहरूको खचाखच भीड थियो । फलानो पटेल बिरामीहरूलाई पन्छ्याउँदै डाक्टरको केबिननिर पुग्यो । ढोकाछेउमा टिकट काट्न बसेको ठिटोले पटेललाई राम्ररी नियालेपछि सोध्यो–
“कसलाई खोजेको ?”
“डाक्टर जेपीटी कहाँ छ ? मलाई एकचोटि भेट्नु छ । म उसको मामा हुँ ।” यहाँँ पनि उसले धाक देखाउन छाडेन ।
“डाक्टर सॉप बिरामी जाँच्दै हुनुहुन्छ । भित्र जान मिल्दैन । भित्र जानलाई डाक्टरको पुर्जी चाहिन्छ ।”
“के म उसको मामालाई पनि पुर्जी चाहिने ? तिमीलाई थाहा छ ? यो केटोलाई हामीले काखमा हुर्काएका हौं । यसलाई डाक्टर पढाउन मैले पनि एक बिघा खेत बेचेको छु । खोई छोड म एक क्षण भेटेर फर्किहाल्छु ।” पटेलले जबरजस्ती गर्न थालेपछि त्यहाँ खैलाबैला शुरू भयो । केटोले पटेलको नाम, नाता र गाउँको नाम टिप्दै भन्यो– “ठीक छ, म यो लगेर डाक्टरलाई दिन्छु । बोलाउनुभयो भने भेट्नुहोला ।” यति भनी केटो केबिनमा छि¥यो । पटेल र उसका दुईजना साथीहरू ढोकामा नै उभिए ।
“यो के हो ? कसले दिएको ?” डाक्टरले केटोलाई के¥यो ।
“हजुरको मामा गाउँबाट भेट्न आउनुभएको भन्छन् । बाहिर उभिरहनुभएको छ ।” केटोले मसिनो स्वरमा जवाफ फर्कायो ।
“अहिले मसित कसैसित फाल्तु कुरा गर्ने समय छैन । पुर्जीबिनाको कुनै मानिस मेरो केबिनमा पठाउने होइन ? जसलाई भेट्नु छ बेलुकी क्वार्टरमा पुग्नु भनी दे जा । यहाँ सरुवा भएर आएदेखि कहिले काका, कहिले मामा नाता लगाउँदै कोही न कोही भेट्न नआएको दिन छैन । के हेरेर बसेको जा अर्काे बिरामी पठा ।” ढोकामा उभिएको फलानो पटेल र उसका साथीहरूले सबै कुरा सुने । अहिले भने फलानो पटेलले आप्mनो घमण्ड चकनाचुर भएको महसुस ग¥यो । उसले साथीहरूको अघि लाजमर्दाे हुनुपरेकोमा स्वयम्लाई धिक्का¥यो र भन्यो– “जाऊ, फर्काैं । डाक्टर भान्जा ज्यादै व्यस्त रहेछ । गाउँमा आएको बेला भेटौंला ।”
इति
–वीरगंज, पर्सा
(स्रोत : प्रतीक दैनिक पत्रिका)