~जीवराज बुढाथोकी~
मदको मातमा लठ्ठीएका, नजर ती !
चुम्बन पर्खिएका रंगीन, अधर ती !!
सल्किरहेको चुरोट स्पर्श, औलावीच,
तरंगीत हुन्छन् चाहनाका, बगर ती !!
भडकाई दिने सधैं ज्वाला, मनको यो,
विरानो लाग्छन कोलाहल, शहर ती !!
रुमलिंदा साथमा वोतलको, हरपल,
लाग्दैनन् खतरा मलाई, जहर ती !!
अधुरा रहे सपना सधैं, जीवनका,
साथी यो विर्साई दिने सबै, कहर ती !!
नशाको आहल वोतल नै, साथी एक,
मेटाउने सबै जीवनका, रहर ती !!
मदको मातमा लठ्ठीएका, नजर ती,
चुम्बन पर्खिएका रंगीन, अधर ती !!
(संरचनाः १४ वर्णका प्रत्येक
पङ्गतीमा १०–४ मा विश्राम)
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं