~बिक्रम गुरुङ~
आँखाको निद खोसी लाने
हृदयको तरंग छेडी लाने
तिमीलाई के सजाय दिउँ
कि सधैलाई बाधिदिउँ
बहकिदै थिएँ मदहोस भएर
थमिएछु तिम्रो आभास पाएर
मोहनी मन तिम्रै नाम भनि लेखिदिउँ
निरस निरस थिए यी मेरा आँखाहरु
रसिएछन् तिम्रो मुस्कान पाएर
भन्छौ नै भने परेली भित्र लुकाइदिउँ
शब्द: बिक्रम गुरुङ
सङ्गीत / स्वर: अरुण थापा