~अरुणबहादुर खत्री “नदी”~
रामजीलाई आमाले बोलाएर पाँचसयको नोट दिदै भनिन् – “एक धार्नी आलु किनेर ल्याइज त छोरा ।”
रामजीले तरकारी पसलमा पुगेर एक धार्नी आलु जोखेर लियो र पसलेसँग पैसा कटाउनु त साहुजी भनेर पाँचसयको नोट दियो । साहुजीले एक धार्नी आलुको साठी रुपैया कटाएर चार सय चालिस रुपैया रामजीलाई फिर्ता दियो ।
रामजीले आलु बोकेर घरमा लगेर राख्यो । फिर्ता पैसा आमालाई दियो ।
आमाले पैसा फिर्ता गर्दै भनिन्,”यस्तो थोत्रो नोट म राख्दिन, तँ नै राख् ।”
रामजीलाई लाग्यो,”मनमनै अबदेखि मलाई आमाले बजारमा कुनै सामान किन्न पठाउनु भयो भने थोत्रो नोट पसलेले फिर्ता दियो भने राख्न पाउने रहेछु । थोत्रो नोट मात्रै फिर्ता पाउँदा कति रमाइलो हुन्थ्यो !”
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)