~प्रकाश सुनुवार ‘निराकार’~
वाहिर प्रचण्ड गर्मी छ
मन आँसुले भिजेको छ
परिवर्तन कागजमा लेखेर मात्र काम चलेको छैन
व्यवहारमा अझै पक्षपात छ
मान्छे जिउंदै मरेतुल्य भएको छ ।
राजाहरु हिंजो भन्दा अझ राजा भएका छन्
शोषण धारावाहिक रुपमा प्रवाह भइरहेको छ
शोषितहरु अझै निर्मम आक्रमणमा परिरहेका छन्
अत्याचार सहिरहेका छन् ।
पिडकहरुले अझै पिडावोध गर्न सकेका छैनन्
लेखेको कानूनले बोल्न सकेको छैन÷ लाटो भएको छ
कानून शक्तिहिन भएको छ÷ निदाएर वसेको छ
कानूनको रखवालाहरु स्वयं कानूनको धज्जी उडाउँछन्
चारजना जानिफकारहरुले लेखेको कानून
वाँकिकाहरुले अभ्यास गर्न त के
बुभ्mन सम्म पनि सकिरहेका छैनन् ।
आज विहान मात्र
बोक्सीको आरोपमा
तातो पुन्यु डामिनुको पिडा अखबारमा छापिएको छ
मन्दिरमा छेकबार हालेर कुटिएको खबर रेडियो फुकेको छ
नोकरको वन्दी जीवन विताएर
आधा पेटले जीवन धान्न बाध्य पारिएकाहरुले
आत्महत्या गरेका छन् ।
लेखिएका कानूनले शोषकहरुलाई
अझ सुरक्षित वनाएका छन्
शोषितहरु अझ निचोरिएर महादासमा परिणत हुंदैछन् ।
समाजका प्रत्येक व्यक्ति उठ्न वाँकी छ
प्रत्येक व्यक्ति जागरुक हुन वाँकी छ
रैति बनाइएकाहरुले कानून लेख्न पाएका छैनन्
ठालुहरुलाई अझ शाक्तिशाली बनाइएका छन्
इतिहासलाई
अझ धमिलो अनि कालो वनाएर
भविष्यलाई सुम्पने काम भैरहेको छ
समाजले अर्को एउटा लाजको घुम्टो ओडेको छ ।
त्यसैले
कानून आफै मात्र नलेख
कानून नबुभिएको वहानामा
वाज्जिएको बहानमा
अपराधीलाई आममाफी दिने षडयन्त्र नगर
आत्मरक्षा गर्ने कानून लेख्नुको बदला
कानूनको साहारा लिएर दमन गर्न सजिलो नपार
ताकि
लाजको घुम्टो ओडेको समाजको
आँसुले भिजेको मन ओभानो वनाउन सकियोस्
समाज परिवर्तनको आदर्श परिकल्पना गर्न सकियोस् ।
(१ जलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)