~राहुल पुन~
म एउटा
मुटुको रोगी हुँ
विडम्वना ।
मेरो टाउकोको
शल्यक्रिया गर्न खोजिदैछ
जसका टाउकोमा
केही कुनै रोगको लक्षण छैन
उसैलाई जबर्जस्ती
जीवनजल पिलाइँदैछ
अझै पिलाउनकै खातिर
प्रयोगशाला निर्माण गरी
अनेकन प्रयोग गरिदैछ
५, ७, १४ का कति ?
केही टुङ्गो छैन
चल्दैछन् अर्थहीन वहसहरू
मुटु दुख्छ
टाउकोको उपचार खोजिन्छ
पेटको औषधी दिइन्छ
यस्तै छ चाल यहाँ
वौद्धिक पटमुर्खहरूको
मानसिक अपाङ्गहरूको
लाटा देशका गाँडा तन्नेरीहरूको
तर
तिम्रा ती सब कर्तुतहरू
एक दिन अवश्य पर्दाफास हुनेछ
च्यातचुत पारिनेछ
सिङ्गो देश जुरूक्क उठ्नेछ
तिम्रो कुकृत्यहरुका विरुद्धमा
–गुल्मी
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २ – Nov. 16, 2011 – २०६८ कार्तिक ३० गते, बुधबार)