~रामचन्द्र खतिवडा~
“मलाई त पैसाको फिटफिटी नै प¥यो हजुर ” –हरिले भनेँ ।
“ल ठीकै छ, फाइनान्सको सदस्य बन्नुस् र ऋण लिनुस् ।” –मैले सजिलै भनिदिएँ । उनले मैले भनेबमोजिम नै फाइनान्सको सदस्य बनेर केही ऋण लिए ।
एक–डेढ वर्षपछि उनी फेरि मकहाँ आए, र भने– “हजुर मेरो त उठीबास भयो नि ”
“हँ के भयो तपाईंलाई ?” –मैले भनेँ ।
“चौपट्टै भयो नि मेरो घरबारी फाइनान्सले लिलाम ग-यो । फाइनान्स त गरिबहरूका लागि होइन रहेछ । यो त धनीहरूका लागि पो रहेछ ।” –उनले भने । उनका कुरा सुनेपछि मेरो निधारबाट चिटचिट पसिना आयो । मैले उनलाई कुनै जबाफ दिन सकिनँ ।
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)