~राम अप्रिय~
– मनिषा र मेरो मित्रताको सम्बन्धमा कुनै नौलो थिएन ।
– बाल्यकालमा पुरै समय उठ्बस्, हिड्डुल, खानपिन प्रायःसँगै हुन्थ्यो ।
– यतिमात्र हो जीवन भोगाइको क्रममा आपसमा नचाहेर पनि विवशताले छुटेका थियौ ।
– एक अर्कामा गहिरो मायाप्रेम हुँदाहुँदै पनि लामो समयसम्म एक दम्पति जोडीले सम्बन्ध विच्छेद गरी अलग्गिए झै भा’थ्यौं।
– ती अतितका क्रियाकलापहरू केवल सम्झनामा मात्रै सीमित थ्यो ।
– भविष्यमा एकदिन हाम्रो अवश्य पुनर्मिलन हुन्छ भनेर न त उनले नै सोचेकी थिइन होला, न त मैले नै सोचेको थें ।
– कतै-कतै भनेको सुन्थें, ‘आफूले चाहेको मान्छेलाई पाउन देखेकोले हुन्न लेखेकै चाहिन्छ।’
– शायद मनिषा र म विच पनि जति टाढा भएपनि कुनैदिन भेट हुनु नै लेखेको थ्यो होला ।
– लामो समयान्तरालमा आज मनिषा र मेरो भेट भा’छ, आपसमा पुनर्मिलन भा’छ । एकअर्कामा खुशी, हर्षको सीमा छैन ।
– ती एक्लोपनमा भोगेका दु:ख र पीडाहरूलाई भूल्दै आज हामीसँगै नयाँ जीवनको सुरुवातमा छौ ।
पाँचथर
हाल :- साउदी अरेबिया