कथा : दाई जाने हो, १५ सय मात्रै…

~जितेन्द्र तुलाधर~Jitendra Tuladhar

…ल आउनुस् … १२०० को माल ५०० मा … ल लानुस् सस्तोमा लुगा …ल लग्नुहोस् दुईटाको ४०० … यस्ता यस्तै आवाजहरूको कोलाहल भित्र म आफुलाई पन्छाउँदै थिए ( त्यो ब्यस्त सडक पेटीमा । प्रायः जसो ओहर दोहर गर्ने त्यो चिर परिचित बाटोमा यस्ता स्पस्ट अस्पस्ट आवाजहरू मेरा लागि पाच्य भईसकेका थिए । छरपस्ट रूपमा छरिएका सामानहरू बिक्री गर्न त्यहाँ सधैं त्यस्तै तछाडमछाड मचिन्थ्यो । मेरालागि त्यो स्वभाविक झैं लाग्थ्यो । त्यस्तै साँझ ६ बजे तिर म आफ्नो बाटो लाग्दै थिए, त्यतिकैमा एउटा आवाज मेरो कानमा ठोक्किन आईपुग्यो– अंकल…

…म टक्क रोकिए र पछाडी फर्केर हेरे । अन्दाजी २३र२४ बर्षकी, हल्का निलो टाईट जिन्स पाईट, कालो टपक्क कसिएको लुगा, सर्लक्क परेको कपाल र गहुँ गारो अनुहार भएकी एक अपरिचित केटी, मलाई हेर्दै थिई । साँच्चै मैले चिन्न सकिन्, म टोलाई रहेँ…

मास्कले आधा मुख छोपेकी ती केटी सँगैको रूखमा अढेस लिएर बोली– पन्ध्र सय मात्रै हो ।
म अलमलमा परे, यताउता हेरे । उसको वरपर केही समानहरू थिएनन् । म ट्वाँ परे र आफैलाई प्रश्न गरे– के को मोलमोलाई हो यो ।

‘ठाउँ म आफै मिलाउछु, जाने भए जाऊ अंकल’ उनले फेरि बोेली । मैले बल्ल बुझेँ– उनी आफ्नै शरीरको मूल्य तोक्दै थिई । मैले उनलाई माथि देखि तलसम्म हेरे र फेरि तल देखि माथि सम्म हेरे । खाई लाग्दि खालकी थिई, नाई भन्नै नसकिने खालकी ।

“अहिले हैन, भरे बेलुकी जाउँला । तिम्रो नम्वर देउ न, म फोन गर्छु ।” मैले आफ्नो मुख खोले ।

…. साले हट् सुन्दर लाग्ने ओठबाट एक्कासि बम फुट्यो । उनी सरासर पर हिडिन् । म एकछिन उनलाई टोलाएर हेरी रहे ।

६,७ दिन पछि साँझ पख म त्यहीँ बाटो हिड्दै थिए । त्यहीँ कोलाहल, त्यहीँ भिडभाड, त्यहीँ मोलमोलाई अनि त्यहीँ अस्तव्यस्तता । मैले परैबाट त्यो केटिलाई देखे र उनको वर गए ।

–दाई जाने हो मसँग ? उनले सोधिहालिन् ।
ू –कति हो ? एक हप्तामा म अंकलबाट दाई भएकोमा मख्ख पर्दै मधुरो स्वरमा यताउता हेरेर सोधे ।
–२०००
–ओहो, हप्ता दिनमा भाऊ आकासिएछ ।” मनमनै सोचे ।
– कोठाको व्यवस्था मै गरूला, जाने हो दाई ?” उनले घचघचाईन् ।
– अलि महंगो भो, हजारमा हुन्न” मैले सोधे ।
– हजारमा त हिजडा माल आँउछ, यो माल हैन ।” उनले भाउ खोजी ।
–ल ल १५०० दिएँ, हिड” मैले नरम भएर भने ।
– रूम आफै खोज्ने भए मात्र” उनले कड्के नजरले हेरेर भनी ।
– यहाँ म कोठा कहाँ खोज्नु ? आफैसँग छ भन्या हैन ? मैले रिसाए झैं गरि भने ।
– ५०० थप त्यहीँ कोठाको लागि त भन्या, सित्तैमा कोठा त कहाँ पाउनु र काठमाण्डौमा ?
“ल ल हिड १ २००० नै दिउँला ।” मैले हार स्विकार गर्दै भने ।

माईक्रोबाट हामी नजिकको ठमेल बजार तिर हिड्यौं । गाडी भाडा नी उनले नै तिरिन् । ठमेलको त्यो ब्यस्त सडकमा उनी अघि अघि र म पछि पछि हिड्यौं र हिडिरह्यौं।

यसरी केटीको पछि त जवानीमा लब पर्दाकी ती निस्तुरी मोरीलाई पनि गरेको थिइन् । यताउता नजर डुलाउँदै, कोही चिने देखेको मान्छे भेट भई हाल्छ कि भनी डराउँदै, म छिटो छिटो पाईला चाल्दै थिए । गल्लि भित्रको गल्ली भित्र एउटा तीन तल्ले घर भित्रको सुनसान कोठा भित्र उनले मलाई लगिन् र भित्रबाट चुक्कुल लगाईन् ।

अलिअलि डर, अलिअलि उत्सुकता, अलिअलि काउकुटीको अनुभव गर्दै म थचक्क त्यहाँको एउटा कुर्सीमा बसे । उनको चन्द्रमुखी मुहारमा लागेको कालो ग्रहण अझै हटिसकेको थिएन वा भनौं उनले लगाएको कालो मास्कले अझै लुकाई राखेको थियो, उनको त्यो रूपलाई । ” ल म चेन्ज गरेर आउँछु है” भनेर उ बाथरूम भित्र छिरी ।

म यताउता हेर्न थाले । एउटा खात, म बसेको कुर्सी, उनी र अत्तालिएको मन भएको म लाग्ने मान्छे बाहेक अर्को कुनै चिज थियो त त्यहाँ शुन्यता ! रंगिन संसारमा रंगिन पल बिताउन आएको म मान्छेले बिपनामै रंगिन सपना देख्न थाल्यो, कल्पनामा डुब्न थाल्यो । उनका ती नशालु अधरहरू, बारूली कम्मर, अनि पुक्क उठेका ती बदनहरू । म एक्लै बहुलाउन थाले । कताकताबाट म भित्रको पुरूष जाग्रीत हुन थाल्यो । आफुले लगाएको मास्क निकालेर ओछ्यानमा राखे र आफ्नो शरिरलाई त्यही ओछ्यानमा पल्टाए र आँखा चिम्म गरेर हराउन थाले रंगिन संसारमा ।

आखिर पत्थर त पग्लिन्छ स्त्रीको यौवनमा, म त झन् लोग्ने मान्छे ! आगोका अगाडि मैन पग्लिन्न भनेर कहाँ पो बस्न सक्छ र ? चुम्बकले फलामलाई तानेझैं तान्न सक्ने त्यस्तो के चिज राखि दिएकोछ स्त्रीको देहमा ईश्वरले ? जसका कारण म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलको सुनसान कोठा सम्म आई पुगे । आखिर यो आकर्षण के हो ? यो तृष्णा के हो ? केटिको काँचो मासु नै खान मन लाग्ने लोग्ने मान्छेको भोक कस्तो हो ? म मनमनै गम खाँदै बस्न थाले ।

ढोका खोलेकोआवाज आयो र मेरो कल्पनाको संसार खल्बलियो । आँखा खोले र हेरे । रातो छोटो स्कर्टमा पारदर्शी लुगा लगाएकी उनी । शरिरको पछाडीको भाग देखेरै मेरो होश गुम भयो । अनुहार अझै हेर्न पाएको थिईन । धैर्यताको बाध फुट्न फुट्न लागिसकेको थियो । चन्चल र बेचैन यो दिलको धड्कन झन् झन् तेज हुँदै हुँदै गई रहेको थियो । त्यतिकैमा उनले म तर्फ फर्किएर सोधी -” Are you ready ? ” ………. OOOO MY GOD ???…….. म हेरेको हेरै भएँ । साँच्चै म उनलाई हेरेर बेहोस भएँ र बेहोसीमै ठुलो आवाजले चिच्याए– छोरी …

अचानक ठुलो भुईचालो आयो । म खाटबाट जुरुक्क उठे र भुईमा थचक्क बसे । आफुले आफैलाई सम्हाल्नै नसकिने गरी मेरो धरातल हल्लिरहेको थियो । मेरा हात खुट्टा कामिरहेका थिए, अनुहार भरि पसिनै पसिना थियो । जसरी चोरलाई पुलिसले समात्दा चोरको हविगत हुन्थ्यो, मेरो हविगत नी त्यस्तै त्यस्तै भएको थियो । ।।।।।।।।।। मैले यताउता हेरे । अध्याँरो कोठाको खाटमा पल्टिरहेकी मेरी बुढीले उठेर भनी– निकै नराम्रो सपना देख्नु भो कि क्या हो ?

(यो काल्पनिक कथा हो, कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र मान्नु होला ।)

(स्रोत : मझेरी डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.