कविता : मिथ्याभिमान

~राज आशातीत~raj-ashatit

किन मेरो मरण समय
हर्सोल्लासमय हुंदैन??

मेरो उपस्थितिमा रमाउनेहरु नै
मिथ्या जिन्दगीको माइन्युटमा
हस्ताक्षर गर्न व्यग्र प्रतीक्षीत देख्छु म …

हुनपनी सक्छ,
यो लघुताभाष हुनुपर्छ मेरो!

मेरो आगमन जत्तिकै लोभलाग्दो भ्रम
मेरो परागमन हुनै सक्दैन …

फेरि, यो अनेक अनेक
कुतर्क
कुभाव
कुकृत्य
अनि
कुपात्रताको अनुशरण
सुहाउन्न तंलाइ!

यदि, मान्छे भएरै बांच्नुछ भने तैंले
तेरो सासको माया गर्नुपर्छ …
मात्र आफ्नो माया गर्नुपर्छ … !

राज आशातीत
इटहरी, सुनसरी।
१७ मङ्सिर ७३।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.