~केशब गौतम~
कुनैबेला समय यस्तो थियो
मानीसहरु युद्धका गीत गाउथे
क्रान्तिका लामा लामा भाषणहरु
र मुक्तीका कथाहरु लेख्थे
एउटा अभिष्ट थियो मानिसको ‘मुक्त हुने ‘
र आकाङक्षा थियो संसार जित्ने
सखारै एकहुल मानिसहरु
बस्ती बिउँझाउँदै हिड्थे
दुष्मनहरु ढाल्ने सपनामा रम्थे
युद्ध जीवन
र जीवन युद्ध थियो मानिसको
समय यस्तो पनि थियो
दाईले भाई र भाईले दाई
दिदिले बैनी र बैनीले दिदिलाई मार्थे
कती निर्दयी थिए मानिसहरु
अनी कती निर्दयी थियो समाज
जनताका सेबकहरुनै गर्थे
जनताको हत्या
मुक्तिदाताहरु नै सोस्थे
आमुक्त मानिसका रगत
बदल्छु भन्नेहरु नै
बिगार्थे समाज
र बिकासका सपना बाँडनेहरुनै
भत्काउथे सम्रचनाहरु
एउटा यस्तो समाज थियो त्यो
कहिकतै बिकास थिएनन
र निर्माणमा जुट्दैनथे हातहरु
तर आज
समय बद्लिएको छ
मानिसहरु युद्धका गीत गाउदैनन
र क्रान्तिका कथाहरु लेख्दैनन
बन्दुक बोकेर घर घर
चहार्दैनन् युद्धबिरहरु
जनता तर्साएर सुरक्षा
खोज्दैनन सुरक्षाकर्मिहरु
बरु टुँडिखेलमा परेवाहरु उडाउछन
शन्तिको कामना गर्दै
अनी
सखारै मानिसहरु निर्माणमा जुट्छन
नयाँ नेपालको अभिलाषा बुन्छन
एउटा यस्तो नेपाल
जहाँ फेरिपनी मानिसहरुले
मुक्ती खोज्दै बन्दुक भिरेर लड्न नपरोस ।
(स्रोत : माइ संसार डट कम)