गजल : पिरती गास्यौ कि के हो

~हेमजङ्ग कार्की~

कापी कलम बोकी राख्यौ, पिरती गास्यौ कि के हो ।
शनिबार नि कलेज जान्छेउ, पिरती गास्यौ कि के हो ।

घरमा पनि छुन छुन गरि, गृह कार्य अल्छि गर्ने
भालेडाक्संगै मख्ख परि राख्यौ, पिरती गास्यौ कि के हो ।

हात खुट्टा सक्सक पारी, वरपर हिडी राख्ने
झ्यालबाट चियाउदै हेरी राख्यौ, पिरती गास्यौ कि के हो ।

देवी देउ्ता भाकी भाकी, पुजा आजा गरेकी छेउ
वर मागी देवीलाई ढोगी राख्यौ, पिरती गास्यौ कि के हो ।

चौतारीमा गित गाई, मनहरु तिरवितर पारेकी छ्यौ
एक्लै हास्दै छाँया हेरी राख्यौ, पिरती गास्यौ कि के हो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.