~रुमन न्यौपाने ‘अमन्त’~
हेर्न मन लागेको छ ।
अदृश्य चित्रहरु
नकोरीएका चित्रहरु ।
झन अज्ञात आकारहरु
अनी नफस्टाएको भनिएको कारिगरी । ।।१।।
उघे्रको दैलो हेर्न मन छ ।
बर्षैं नखुलेका ढोकाहरु
चुहाउँदैछन् आज नियास्रोले आँशुहरु । ।।२।।
खोज्न मन लागेको छ ।
हरेक बर्षहरु भित्र
महिनाहरु को अभागि दिनहरु ।
अनी चुलो भित्रका का नबलेका चोईटाहरु ।
उस्तै देखीने अक्षरहरु को अनगिन्ती पानाहरु । ।।३।।
किन नगरुँ फुटाउन जोर ?
अझै बाँकी छन् दरखराउने नङ्गग्राहरु ।
हजारीको पानी फेरेर डल्ला भिजाउन सक्छु ।
मरो आँगन पुग्ने सिँडी म फेरी बनाउँछु । ।।४।।
छुन मन लागेको छ ।
निडर भएर मेरो डडेका ओछ्यानहरु ।
म देखेर आत्तीए, भागे बारुदका गन्धहरु
कठै ! कति झरी परे होलान्
तैपनी बिना छत अडीएछन्
मेरो लागि दलिन र चोटाहरु । ।।५।।
आड दिन मन लागेको छ ।
आँटीलो हुँदै अघी सर्न भन्छ
मकाएको मेरो निर्दाे भित्ताहरु ।
तैपनी म देखर तन्दुरुस्त देखीदैछ । ।।६।।
….नोभेम्बर २६ २००९
(स्रोत : रचनाकारको ब्लगबाट सभार)