~कुमार काफ्ले~
-“आमा तपाईंसँग के छ?”सन्तानले सोधे।
-“मसँग माया,ममता,स्नेह र ऐश्वर्यको खानी छ।”आमाले जवाफ दिइन्।
-के साँच्चै तपाईं भित्र धनसम्पतिको खानी पनि छ?
-“मसँग नहुने चिज केही छैन”आमाको ममता बोल्यो।
-सन्तानले त्यो निकाल्न आमालाई खने,खोस्रे, चिथोरे,नङ्ग्र्याए,तँछाडमछाड गरे।
-नसकेपछि छिमेकीलाई गुहारे र फेरि वाकयुद्ध शुरु गरे।
-सन्तानको लँडाइले आमा भने थला परिसकेकी थिइन्।
– ओखलढुंगा।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)