~रामचन्द्र खतिवडा~
गाउँमा कसैका भाँडा बनाउनुप¥यो भने मान्छेहरू प्रदीपकोमा जान्थे । प्रदीपले साह्रै राम्रा भाँडा बनाउछन् भन्थे गाउँलेहरू ।
एकदिन गाउँका महाजनकोमा वैवाहिक कार्यक्रम थियो । प्रदीपले बनाएकै भाँडाहरूमा जन्तीका लागि भोज पकाइयो । त्यस विवाहमा प्रदीप पनि गएका थिए ।
अचानक पाकेको पुलाउ उनले छुन पुगेछन् । एक जना उपल्लो जातका मान्छेले त्यो दृश्य देखिरहेका थिए ।
बजिया कामीले बर्बादै पा¥यो भनेर उनले प्रदीपलाई मनपरी गाली गरे । प्रदीपले भने– “मालिक ¤ मैले बनाएको भाँडोमा पकाउन हुने, मैले छोएको खान हुँदैन ?”
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)