~ललिता ‘दोषी’~
जति उज्यालो खोजूँ
त्यति निस्तब्ध रात छ
जति बिर्सिऊँ भन्छु
त्यति विगतको याद छ ।
जति हाँस्न खोजूँ
त्यति दर्द बढ्दैछ
बिर्सिऊँ भन्छु आफूलाई
झनै आँसु र्झदछ ।
जति बहार खोजूँ
पतझर अघि सर्दछ
खाटा लाग्छ भन्छु घाउ
झनै उकुच पर्दछ ।
जति हिँड्न खोजूँ
पाउ उँधो र्झदछ
किन विभ्रंश घात
मलाई मात्र पर्दछ ।
-बुद्धनगर, काठमाडौँ
(स्रोत : मधुपर्क २०६८ चैत्र)