कविता : सपनाको खोजी गर्नेको गुनासो

~प्रणिका कोयु~pranika-koyu

“सपना देख्दिन म” भन्छन्
अनि सोच्छु “के देख्छौ त?”
“निष्पट्ट अन्धकार” एकले भन्यो
अन्धकारको रंग हुन्छ त! मैले भनें
“कालो त हो नि!” जवाफ आयो
अनि कालो रंग हुन्छ त त्यसै?
बन्न रंग कालो के के हुनुपर्छ? थाहा छ?
“देखें मैले कालो मात्रै
देखिन मैले अरू केही ति रंगमा
त्यसैले भो यो कुरा नगरौं” झर्क्यो

“सम्झिन्न त म सपना!” भनी
अनि के सम्झन्छौ त? सोधें
“देखेर नि नसम्झेको कुरा
किन सोच्नु हँ अहिले?
समय किन खेर फाल्नु?” सोधी उल्टै

हो त समय किन खेर फाल्नु?
सम्झन खोज्दै त्यसता कुरा जो थिएनन्
शायद कहिले आँखामा या सोचमा
तर फेरी अर्घेलो थापें
“आफ्ना सपना नसम्झिने पनि हुन्छ?”

यस्ता प्रश्न सपनाका सोध्छु जब म
कहिले उसलाई त कहिले कसलाई
उल्लुदेखी सन्ठि, बेकाम्मे देखी भावुक भने
तर कसैले सोधेनन् मेरा प्रश्न मलाई नै
हाम्रो सपना सोध्ने तिम्रा सपना के हुन्?
हाम्रो सपना खोज्ने तिम्रा सपना कस्ता छन्?
अहँ सोधेनन् कसैले मेरा प्रश्न मलाई नै
कि मेरा सपना कस्ता छन्!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.