~केडी रेम्नीसीङ~
के को हल्ला हुँदै थियो पल्लो घ’राँ राती फेरी,
क्रिडास्थल भयो क्यारे कसैको त छाती फेरी ।
पिडाका नै आवाजहरु सुनिनमा आ’का थिए,
चल्यो कि त वज्य्रो कि त कसैको त लाठी फेरी ।
यस्तै गर्थे, यस्तै भन्थे हिजो पनि अस्ति पनि,
बौलाएर उफ्रे क्यारे आजपनि साथी फेरी ।
साह्रै गाह्रो भा’को स्वर सुनियाथ्यो सास फेर्न,
समातियो कि कसैबाट कसैको त घाँटी फेरी ।
आवाज पुरै सुनसान भयो अचानक किन,
कोही कतै गएनन् कि स्वर्गैभन्दा माथी फेरी ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)