~निश्चल काउचा~
अमृत जस्तो मेरो माया ,तिम्रो लागि जहर भयो !
बाँचा थियो सागर पुग्ने, छुट्टीएर नहर भयो !!
पँक्षी सरी गगनमा उर्डै, मायाको बस्ती बसायौ !
त्यहि बस्ती आज, तिम्रो लागि बिरानो शहर भयो !!
खुला आँकाश सम्झी मलाई ,दिलको बाटो हिडयौ !
सधैं हिडने बाटो ,तिम्रो लागि आज दहर भयो !!
तिम्रो मायाले बाल्छ भन्थ्यौ , जिन्दगीमा जिबनज्योती !
तर आज किन , तिम्रो लागि तिम्रो लागि अधेरी प्रहर भयो !!
-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)