~दीपक कुमार ज्ञवाली~
रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको ।
रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको ।
आश्वासन बाँड्यौ , बाँड्यौ सप्तरंगीको ।
त्यो त सौगात रहेछ , तिमीलाई बिदेशीको ।
रंगायौ , रंगायौ शरिर आखिर आ–आफ्नै ।
आखिर छलछाम रहेछ नेपाल र नेपालीलाई ।
रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको ।
रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको ।
भन्थ्यौ समावेशी बनाउँछु नेपालीलाई ।
तिम्रो भाषामा समाबशी रहेछ परिवारको ।
नपढाउ, नपढाऊ राजनीति हामीलाई ।
आखिर रंगमा पोतिएका रहेछौ बिदेशीको ।
रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको ।
रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको ।
चाहिएको मलाई गुमेको कागडा र टिष्टा ।
तोड्ने कोशी, गण्डकी, महाकाली ,संमmौता ।
भ्रममा परेर नेपालीले चुनेको नीरीह नेतृत्व ।
धावा बोलेकाछन् कालापानी लिपुलेकलाई ।
रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको ।
रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको ।
छन् रे राज्यका अंग प्रत्यंगमा उसैका ।
थिंक ट्याकमा पनि छ्याप छ्याप्ती उसैका ।
हुन्छ निर्णय मनशाय मुताविक उसैका, ।
साह्रै दुरुपयोग भयोे भोट नेपालीका ।
रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको ।
रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको ।
चाहिएकोछ हस्तक्षेप रोक्ने विरपुरुष ।
आखा जुधाई बोल्न सकोस् स्वदेशको कुरा ।
अक्षुण राख्न सकोस् नेपाल, नेपालीलाई ।
जय जय गाऊने होस् नेपाल र नेपालीको ।
रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको ।
रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )