~शशीकला थापा सुब्बा~
निद छैन परेलीमा, डाँडापरि जून उदायो
किरण झर्यो आगनीमा ,फेरी तिम्रो याद आयो
मनको डोरी चुडाएर एकलै किन छाडीराख्यौ
कलिलो यो जोबनलाई,कुन बन्धनमा पारीराख्यौ
मध्येरात अँधेरीमा बनपालामा न्याउली रोयो
आँसु झर्यो सिरानीमा फेरी तिम्रो याद आयो
मैले कहिले मागेकोथे माया बाहेक सुनचांदी
सुख दुख जे जे पर्छ,बाडौ भन्थे आधी आधी
एक्लै पुगे पंधेरिमा, वरिपरि कुहिरो छायो
झिसमिसे यो बिहानीमा फेरी तिम्रो याद आयो .
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)