गीत : अलि मुस्कुराऊ

~रवि प्राञ्जल~Ravi Pranjal

गुलाबी अधर त्यो अलि मुस्कुराऊ,
लजाएर नजर अरु न झुकाऊ ।

तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ,
सक्दिन थाम्न नजिक नआऊ ।

गालाभरि त्यो मधुमास लाली,
देखेर झुम्छ मन डाली डाली ।

परेलीमा यौवन छ छल्किरहेको,
मेरै हो कि तस्विर बल्झिरहेको ।

पिरतीको साइनो मेरो तिमीलाई
यौवनको उच्छ्वासले कहिल्यै नभुल ।

नयनभरि प्रीतको ज्वाला बोकेर
नआऊ सामुमा झनझन् बराली ।

म प्रीतमा लौन घायल भैजान्छु
त्यो बोलीमा फेरि कायल भइजान्छु ।

शब्द – रवि प्राञ्जल
स्वर – अरुणा लामा र किरण प्रधान
संगीत – किरण प्रधान
चलचित्र – हारजित-२०४३

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.