~रामचन्द्र खतिवडा~
धनेश एयरपोर्ट छेउको सुकुमवासी बस्तीमा बस्थ्यो । ऊ नेवारभित्रको दलितमा पथ्र्यो । उसको काम हवाईजहाजभित्रको फोहोर सफा गर्नु थियो ।
एकदिन उसले फोहोरभित्र सुनको बाह्र–तेह्र किलोको डल्लो भेट्यो । बीस–पच्चीस वर्ष पहिले मेसिन उपकरण नभएको बेला धनेशले भेट्टाएको सुनको कसैले सोधीखोजी गरेनन् । ऊ एकाएक सहरको धनाढ्य मान्छे भयो ।
मान्छेहरू ‘धनेश साहु’ भन्न थाले उसलाई । हिजो ‘अछूत’ भन्नेहरू ‘नमस्कार धनेश साहु’ भन्दै एउटै भान्साको खाना ऊसँगै बसेर खान थाले ।
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)