कविता : कुरा फेरि रक्सीकै

~सुरेस खनाल~

जब तिमी,
सुस्तरी मेरो यादमा आउँछौ,
सुकेका मेरा आँखामा मुल फुट्छन्,
र मेरो अगाडि भएको रक्सिको गिलाँसमा,
म त्यसलाई भर्न खोज्छु!
अचानक झस्किन्छु,
कतै यसले मेरो नशा त बिगार्दैन?
अनि बग्न दिन्छु त्यसलाई
त्यसको आफ्नै बहावमा।
जति मेरो आँशु बग्छ,
म त्यति रक्सि म भित्र हाल्छु।
जति रक्सि म भित्र हाल्छु,
त्यति मेरो आँशु बग्छ!!
यसरि कयौँ रात म बिताउँछु,
केहि बगाउँदै,
केहि पिउँदै!
किन तिमी अझै आउँछौ मेरो यादमा?
ऊफ!,
कति भन्नु तिमीलाई
जिन्दगी र याद फरक हुन्!!

याद र रक्सीको सम्बन्ध शायद, सभ्यता र रक्सीको आविष्कारसंगै सुरु भएको होला

-यु एस् ए
फेव्रुअरि २६, २००६

(स्रोत : साझा डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.