~बिस्नु प्रवा सापकोटा~
‘सन्तानले माया मारे’ आमाको गुनासो
‘छोटाहरुले हेप्न थाले’ लामाको गुनासो
बिचरा यो चखेवाको के हालत हुनेहोला
‘म त बरै डुब्न थाले’ सामाको गुनासो
बाँस बनी अग्लिएर आकाश छोउँला भनेको
‘मान्छेले तिउन खान थाले’ तामाको गुनासो
मान्छे धेरै धनी भए, रोज्छन नयाँ नयाँ
‘थोरै फाट्दा टाल्नै छाडे’ जामाको गुनासो ।
यता पनि गुनासो छ उता पनि गुनासो
‘भान्जा भान्जी आउनै छाडे’ मामाको गुनासो ।।
बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)