~रामेश्वर राउत ‘मातृदास’~
हामी सबै एउटै ड्याङका भ्यान्टा आलु मुला
गुन्द्रुक सिन्की भएका छौँ केको साना ठूला
देशको सान इज्जत जहिले उठ्छ विशाल छाती
मातृभूमि नहँसाइ हुन्नौं कहिल्यै माथि
पराइ पाउ झुक्ने अनि भीख माग्दै खानी
के लम्कन सक्छौँ हामी खुट्टा तानीतानी ?
शूर-वीर पूर्वजका हामी उन्नत बीउ
लिसिङ पिसिङ घिसि्रएर चलाउँदैछौँ जीउ
सधैँ लुते कायर अल्छी कहिले सृष्टि हाँस्ने ?
स्वाभिमानले शिर उठाइ कहिले इज्जत गाँस्ने ?
हामी सबै एउटै……..
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
(स्रोत : युवामञ्च २०६५ माघ)