~राम अप्रिय~
– हामी बुढाबुढीवीच फोनमा गफ प्रायः हप्तामा एकचोटि हुन्थ्यो ।
– हिजो मात्रै सुखदुःखका कुरा गरेर एकहप्ताको लागि बिदा भएका थियौ ।
– तर आज बिहानै अचानक बुढीको फोन आयो ।
– फोन रिसिभ मात्रै के गरेको थिए,” सुन्नुस् त साच्चै हजुर आउने समय पनि भयो मलाई केही गरगहना चै नबिर्सी ल्याइदिनु पर्यो है ।”
– एक्कासि बुढीको यस्तो अनुरोध आयो ।
– मैले बुढीको अनुरोधलाई स्वीकार्दै अँझ खुशी बनाउन प्रतिउत्तरमा भने,”धत् लाटी तिमीले मलाई यस्तो कुरा पनि सम्झाइरहनु पर्छ ।”
– मेरो कुरा टुंगिनु नपाउँदै उनले भनी हालिन्,”हैन,कतै भूल्नुहुन्छ कि भनेर नि !” ल त फोन राखे है जिउको राम्रो ख्याल गर्नुहोला भन्दै फोन राखिन् ।
– एक्लै मनमनै बोल्न थाले-“बुढीलाई यताबाट गरगहना किनेर लगेपनि के फाइदा र एयरपोर्टमाकिने बराबरको भन्सार लाग्छ रे ।”
– अँझ तल्तिर बिर्खे दाइलाई अरबमा पसिना बगाएर बहिनीको बिहेको लागि लगेको सुनसमेत जफतगरी जेलमा थुनिएको समाचार हिजोअस्तिसम्म छ्यापछ्याप्ती थियो ।
– बरु जेसुकै होस्, उतै गएर बुढीलाई नयाँनौलो ठाउँ घुमाउँछु, जे-जे पनपर्छ उसैलाई रोजी-रोजी हेर्नू लाएर किनिदिन्छु ।
पाँचथर
हाल :- साउदी अरेबिया
रचनाकाल : २०१६/०७/२४/१