कविता : फूल

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

फक्रेको वैंश
भरिलो सुवास
मदमस्त यौवन
जिउभरी बसन्त
आहा!
अतुलनीय
ए फूल,
सहज नतमस्तक
म त
तिम्रो नजिकमा
तिम्रो समीपमा
तिम्रो वरीपरी
बिर्सिन्छु आफैलाई
भुल्छु आफैलाई
संसार बिर्सिन्छु म
आफैभित्र हराउँछु म
केवल
भावनामा चुर्लुम्म
स्वत: फुरूङ्ग
नसा-नसामा
मादकता सगबगाएझैं
बेहोसी बगेझैं
भावोन्मत्त
घोरिएर
घोत्लिएर एकैछिन
निश्चिन्त, निश्कलंक
तिम्रो शालिनतासँग
नशालु मुस्कुराहटसँग
लजालु, लजालु
अनुनय
गर्न खोज्दैमा
झल्याँस्स
मनोकांक्षा
अझ भनौं,
महत्वाकांक्षा बिसाउँछु म
हतारमा
तिम्रै सामू,
जात्रा यो जिन्दगीमा
जञ्जाल यो जिवनीमा
वर्षेनी फुल्ने गरी
सारा यी भुल्ने गरी
बन्न पाऊँ
विशिष्ट त्यो बान्की भरी
सौन्दर्यकी श्रेष्ठ-परी
तिमी झैं
एक थुँगा फूल।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.