~तिवारी ‘जेठा’ बिपिन~
हे मेरो,
प्राण प्यारी,
मैले तिमीलाई,
कसम दिएको थिए,
आकाशको तारा टिपेर,
तिम्रो कालो केशमा,
सिउरी दिन्छु,
सुनको बिस्कुट खुवाउछु, भनेर !!
तर, आज तिमी,
आन्दोलित छौं,
जुलुस र नाकाबन्दी भित्र,
च्याप्टेकी छौ..,
वस्तुको अभाव छ, भन्छौ…,
छाक-टार्न सम्म,
धौ-धौ पर्या छ., भन्छौ,
तिम्रो बिलौना सबै सुनेर,
मनमा उनेर,
यता आफु चै भने,
वारी बसेर पारी,
तिम्रो शहरको आन्दोलन,
जुलुस र नाकाबन्दीको,
रमीता हेर्दैछु……..
अस्ती सम्म.,
अग्ला ठुला-ठुला.,
कसम खाने म,
आज फोस्रो, निमुखा,
भै टुलु-टुलु,
तिम्रो आन्दोलित शहरको.,
खबर लिदैं रमिता लुप्त छु !!!!
तिमी अलिनुरुपी भोजनले.,
आफ्नु छाक टार्छेउ.,
यता आफु भने चै.,
मिठो-मिठो चौरासी व्यंजनको,
आनन्दमा लुप्त छु..!!
अनि अस्ती भेटदामा,
दिएको त्यो ठुलो,अग्लो,
अनैतिक फोस्रो कसम सम्झन्छु,
र आजको परिवेश सम्झन्छु,
अःह मिल्दैन…
केही गर्दा मिल्दैन,
त्यो फोस्रो अनैतिक कसम,
र आजको परिवेश……!!!!
तिवारी बिपिन
(तिवारी जेठा )
लिंगी, दक्षिण सिक्किम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )