सूत्रकथा : नातासम्बन्ध

~कुमार काफ्ले~kumar-kafle

-पहिलो भेटमा उनीहरू एकअर्कालाई दाजु बहिनी भनेर सम्बोधन गर्छन्।

-बिस्तारै दाजु बहिनी एकापसमा सहयोगी,सहृदयी र नजिक बन्दै जान्छन्।

-बहिनीले रक्षाबन्धनमा राखी र तिहारमा टीका लगाईदिन्छिन्।

-देख्नेहरू उनीहरूको मिलाप र नाता सम्बन्ध अद्वित्तिय ठान्छन्।

-एकदिन आफन्तहरूले उनीहरूलाई एउटै बिस्तारामा अश्लील क्रियाकलाप गरिरहेको भेट्टाउछन्।

-सबैले यसको मुख्य कारण यही नातासम्बन्धलाई मान्छन्।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.