कथा : जागरण

~हरिप्रसाद भन्डारी~

ऊ भोक र थकाइले लखतरान परेर कोठाभित्र पस्यो । लौरो भित्तामा अडायो, टोपी फुकालेर सुइया सुस्केरा हाल्दै खाटको छेउमा बस्यो ।

बत्तिको मधुरो प्रकाशमा कोठा मलिन देखिन्थ्यो । एकपट्टि कुनामा सात दिनकी सुत्केरी स्वास्नी सुतेकी थिई भने अर्कोपट्टि सानो छोरा पातलो च्यादर अव्यवस्थितरूपमा यत्रतत्र छरिएका थिए ।

ऊ आएको थाहा पाएपछि सानीकान्छीले सिरकले छोपेको मुख खोली । रिसाउँदै उसलाइ हेरी र केही नबोली पुनः मुख छोपी । सानो हेराइमा पनि स्वास्नी रिसाएकी र रोएकी छ भन्ने कुरा उसले अनुमान लगायो ।

एकैछिनपछि सिरकभित्रबाट स्वास्नी रोएको आवाज सुनियो । यो सबै देखेर ऊ दिक्क भयो, बसेकोबाट उठ्यो । स्वास्नीका नजिक गयो र सिरक उठाउँदै विस्तारै बोलायो ।

एकै छिनपछि सानीकान्छी रोईमात्र, बोलिन, तर पछि दिनभरि……, बिहान पाँच बजे गएका मान्छे अहिले रातिको बाह्र बज्न लागिसक्यो । उसले रूंदै अगाडि भनी— ‘….लोग्ने मान्छेको पापी जात….. हामीलाई जस्तो तिमीहरूलाई हुने भए…… ।‘
तैपनि ऊ केही बोलेन । वास्तवमा उसको गल्ती पनि केही थिएन । चाहेर दुःख दिन पनि खोजेको थिएन । उसले विचार ग¥यो— ‘सात दिनकी सुत्केरी, अहिलेसम्म खानु छैन, नरोएर पनि के गरोस् बिचरी ।‘ उसलाई आफ्नो जागिरदेखि पनि दिक्क लागेर आयो । ‘नगरूँ कसरी नगरूँ, गरूँ यस्तो अवस्था छ । माथिको थुप्रो दबाव, हुलचालमा जीउ जोगाउनै मुस्किल’ यस्तै विचार ग¥यो । एकपटक लामो सास फे¥यो र पुनः स्वास्नीलाई बोलायो ।

‘सानी ¤, ए सानी घ् नरो, उठ् । सत्तो मैले तँलाई हेपेर दुःख दिन खोजेको होइन । के गरूँ ? भन् त, आज हुलचाल भयो । डिउटी बदलियो र समयमा आउन पाइनँ । नत्र तेरो दुर्दशा देखेर किन भुल्थेँ र ?‘

ढोकाबाट आएको ट्वाकट्वाक आवाजले उसको बोली बीचैमा रोकियो । ऊ उठ्यो र ढोका खोल्यो ।

‘कतिबेला आउनुभयो ?‘ आगन्तुकले भित्र पस्दै सोध्यो ।

‘भर्खरै आएँ ।‘ दिक्क मान्दै उत्तर दियो ।

‘होइन, आज त निकै होहल्ला भयो भन्छन् नि ,के भएको हो हँ दाइ ? त्यही सोधुँ भनेर आएको ।‘

‘त्यसै भएर त यति ढिला भयो । साला कस्तो दुःख ।‘

एकैछिन दुबैजना चुप रहे । पछि आगन्तुकले नै कुरो अगाडि बढायो— केको झगडा रहेछ ?‘

के हुनु, देखेनौ बाल्नलाई मट्तिेल छैन, अरू सरसामानको त्यतिकै हाहाकार छ । विदेशीहरूको सहयोग गरिरहेका छैनन् । त्यही त हो, हिजोआजका उरन्ठ्याउला केटाहरूलाई ‘के निहुँ पाउँ, कनिका बुकाउँ‘ भएको हुन्छ, त्यति भएपछि कमिलालाई किरो भइहाल्यो नि । ओहो भाषण गरेर, नारा लगाएर उत्पात गरे बजियाहरूले । हेर न जनता पनि कति बुद्धु हुन्, केटाहरूले सरकारको विरोध गरका छन् । जनता पनि उतै लाग्छन् । ए गाँठे बुद्धि नभएका मुर्खहरू । मलाई पनि साह्रै रिस उठ्यो । अनि लौ खा साला भन्दै बजाएँ लाठीले थुप्रैलाई । बल्ल ऐया र आत्थु भन्दै ढाड बनाउदै भागे बजियाहरू । ऊ आपूmले गरेको आफूलाई महान् ठान्यो ।

‘ए त्यसो पो रहेछ । यता पनि विद्यार्थीहरूले फेरि आन्दोलन उठाए रे भन्ने हल्ला गरेका थिए मान्छहरूले । त्यसैले म पनि के रैछ बुझंँ भनेर आएको ।‘

‘आयौ यार, ठीक ग¥यौ । हेर न भोकले हुइया परिएको छ । बुढिया पनि रिसाएकी छे । छोरो उ त्यहाँ सुतेको छ भोकै । कस्तो दुःख यार । जागिर खाएर पनि राम्ररी ज्यान पाल्न नसकिने, सधैँ दुखैदुख । दिनभरी पनि कता विद्यार्थीले हानेर मार्छन् भन्ने पिर । हाकिमहरूले कुकुरलाई जस्तो व्यवहार गर्छन् साला र गधा भन्दै आमासितका गाली गर्छन् । यो जागिर खानुभन्दा त बरू लाहुरै गएको भए पनि हुने थियो जस्तो लाग्छ । अब बल्ल खाना पकाउने हो, छरछिमेकीहरू सबै सुतिसके, भोलि बिहान पाँचै बजे पुग्नुपर्छ फेरि । कस्तो दुःख ।‘

‘हुन्छ त म पनि लाग्छु, रात बितिसक्यो अब सुत्नुपर्छ ।‘ यति भन्दै आगन्तुक बाहिरतिर लाग्यो । उसले खाना बनाउने सुर झिक्यो ।

यतिबेलासम्म श्रीमती रून छोडिसकेकी थिई । यसपटक ऊ नजिकै गयो र पहिलेजस्तै गरी बोलायो । यसपटक ऊ रिसाइन, बरू गुनासो गरी— ‘यतिबेलासम्म कस्तो भोक लागिरहेको छ । खान नपाएर बच्चालाई दूध पनि आएको छैन ।‘ यति भन्दै ऊ पुनः रून थाली ।

‘नरो, के गरूँ भन् त ? त्यसै त पुलिसको जागीर आज झन् हुलचाल भयो । हाकिमसँग ‘स्वास्नी सुत्केरी छ, जान्छु’ भनेको ‘ऐले यस्तो सङ्कटपूर्ण अवस्था छ तेरी स्वास्नी सुत्केरी घ्’ भन्दै गाली गरे । आदेश नाघेर आउन पनि सकिन ।‘

‘उता स्कुलबाट आउँदा छोरालाई पुलिसले कुटेछन्, पिठ्यूँमा निलडाम छन्, मुखमा चोट लागेर गालै सुनिएको छ…….. ।‘

‘पुलिसले पिटेछन् रे ? के भन्छ यो ?‘ श्रीमतीको कुरा पूरा हुन नपाउँदै उसले सोध्यो र हतारिँदै गएर छोरालाई उठायो । टोरा रूँदै उठ्यो । छोराको मुखमा काटेको थियो । गालो सुन्निएको थियो र रूँदारूँदै आँखा पनि फुलेका थिए । उसले छोरालाई काखमा लिँदै पिठ्यूँतिर हे¥यो, त्यहाँ झन् सुन्निएको थियो र लौराको डाम स्पष्ट देखिन्थ्यो ।

उसलाई आफ्नै प्रहरी साथीदेखि पनि रिस उठेर आयो । फेरि सोच्यो— ‘पुलिसले त यसरी नपिट्नुपर्ने ।’ त्यसपछि छोरालाई सोध्यो ।

‘….. म स्कुलबाट आउँदै थिएँ । बाटामा थुप्रै मानिसहरू चर्को स्वरमा कराउँदै थिए । उताबाट तपाई जस्ता थुपै्र पुलिस आए र लौराले हान्दै सबैलाई लघारे । म दगुर्न सकिनँ । एक जनाले मलाई हाने । म अडिन नसकेर बाटामा पछारियँ । यी मुखमा काट्यो । रगत आयो म खुब रोएँ । मलाई कुटेपछि प्रहरीहरू दगुरे म म रोएको देखेर एक जना हाम्रा सरजस्ता मान्छेले मलाई उठाए । कपडामा लागेको धुलो झारिदिए । रगत पुछिदिए र चकलेट किनेर दिँदै नरून भने अनि ऊ त्यहाँ बाहिरसम्म ल्याएर छोडी गए ।‘

छोराको कुरा सुनेपछि ऊ साह«ै दुःखी भयो र एकपटक रिसायो पनि । ‘साला मात्तिएर आँखा पनि नहेरी लाठी चलाउने । यत्रा बालकलाई हान्न कसरी हात उठेका होलान्, कोर हुने हात ।‘ ऊ एक्लै बड्बडायो अनि झट्ट दिउँसो आफूले लाठी चलाएको घटना सम्झियो । दिउँसोको घटना सम्झेपछि उसलाई आफैमा घृणा जागेर आयो र आफैले आफैलाई धिक्का¥यो ।

उसले छोरालाई भुलायो । केही बेरपछि भात खुवाउने र भोलि औषधी किनिदिने कुरा बताउँदै खाना पकाउन सुरू ग¥यो ।

‘बुबा, मैले कुनै गल्ती नगरेकालाई पनि हानेका हँ ?‘ केही बेरपछि छोराले जिज्ञासा राख्यो ।

छोराको जिज्ञासा सुनेर उसले केही जवाफ दिएन । आजसम्म उसले गल्ती गर्नेले मात्र चुटाइ खान्छन् भन्ने सम्झेको थियो, तर आज उसले प्रत्यक्ष देख्यो— आफ्नो छोरो निर्दोष हुँदाहुँदै पनि कुटाइ खाइरहेको थियो । यस घटनाले गर्दा उसलाई आफ्नै पेशादेखि पनि घृणा लागेर आयो, के के साँच्यो, अनि लामो सास फे¥यो ।

‘बुबा ¤ आजै फेरि तपाईजस्ता पुलिसले हाम्रा हजुरबा जस्ता मान्छेलाई पनि कुटेका थिए । कस्तरी ऐया ऐसा भन्दै खोच्याउँदै हिँडे ती मान्छे । आँखाबाट आँसु चुहाइरहेका थिए बिचरा ¤‘

‘हजुरबा जस्ता ?‘ छोराको कुरा सुनेर ऊ झस्कियो, अनि झट्ट आफ्ना बृद्ध बुबाको मलिन अनुहार आएर उसका अगाडि नाच्न थाल्यो । त्यस्तैमा उसले घरबाट आएको चिठी सम्झियो, जुन दिउँसो अफिसमा बुझेको थियो र अहिलेसम्म पढ्न पनि पाएको थिएन । ऊ झट्ट उठ्यो, खल्तीबाट चिट्ठी निकाल्यो र पढ्न सुरू ग¥यो ।

‘….. बाबु छोरा तलको जग्गामा प्रधानले खिचलो झिकेका छन् । तल्लाघरे सानेको जग्गा पनि आफ्नै नाममा नपाए रे । हाम्रो पनि त्यसै गर्लान् जस्तो छ । मैले कुरो गरेको पुलिस छ भनेर हुन्छ, पहिले ख्याल गर्नुपर्छ भनेर कुन्नि के के कानुनका कुरा गरे’ मैले बुझिनँ ।

साहिला साहूले अहिले ब्याजसम्म भएपनि नभइ हुन्न भनेर धर्ना टेकेका छन् । संस्था (साझा संस्था) बाट भैँसी किन्न लिएका ऋणको उत्तिकै ताकेका आएको छ । ब्याजको स्याज, हर्जनासर्जना गरेर ठ्याक्कै तेब्बर बनाएको छ । घरबारी लिलाम गर्छ रे भन्छन् ।
छोरा तँ नभएपछि हामी त साह«ै हेपाइमा परेका छौँ । अस्ति मुखियाको कान्छो छोराले वन जाँदा हाम्री छोरामाथि हातपात गरेछ । हातमा खुर्पा रहेछ उल्टोतिरबाट हानिछ र पो नत्र….., यहाँ त इज्यत जोगाएर हिँड्न पनि गा¥हो छ……।‘

पत्र पढ्दापढ्दै छोडेर कञ्चटमा हात राखेर घेरियो । अनि लामो सास फे¥यो र ‘किन यस्तो भैरहेको छ हँ ?’ भन्दै दिनमा विद्यार्थीहरूले गरेका भाषण सम्झियो— ‘…. दाजुभाइ तथा दिदीबहिनीहरू ¤ हामी पलपलमा सामन्तीसँग ठगिएका छौँ । ती दुष्टहरूले हाम्रो शोषण गर्छन् । हाम्रा चेलीबेटीको इज्यत लुट्न सक्दो प्रयास गर्छन् र हामीलाई घटिया व्यवहार गर्छन् । हाम्रा कैयौँ दिदीबहिनीहरू विदेशी हाटहरूमा नारकीय जीवन बिताउन विवस छन् । हरेक क्षेत्रमा हामी सधैँ असुरक्षित छौँ । हामीले सत्य कुरा गर्दा हामीमाथि प्रहरीका लाठी बर्सन्छन्, पक्राउ गर्छन् र यातना दिन्छन् । हामीजस्ता कैयौँ नागरिकहरू बिना कारण लामो अवधिसम्म कालकोठरीमा बन्द हुनुपरेको छ । यी आज हेर्नोस् त हाम्रा अति आवश्यक वस्तु मट्टितेल, चिनी, चामल आदिका लागि हाहाकार परिरहेको छ । यो किन भैरहेको छ ? सरकारले किन वास्ता गरिरहेको छैन ? विदेशी राष्ट्रहरूले किन हामीलाई सताइरहेका छन् ? यी कुराहरू थाहा पाउनु जरूरी छ । हामी त्यसैका लागि लड्दैछौँ र त्यसैको विरूद्धमा सङ्घर्ष गरिरहेका छौँ ।’

दिनमा सुनेका प्रत्येक कुराहरूले उसको हृदयमा चसक्क घोचे । ‘हामी दुःखी र गरिब हुनुपरेको कारण पनि त यिनै फटाहहरूले गर्दा हो नि’ भन्ने करा गम्यो । उसले आफ्नै जागीरका बारेमा पनि विचार ग¥यो, उपल्लो तहका व्यक्तिले कसरी हेप्छन् भन्नेबारे गम्यो, अनि उसको मनमा यथस्थितिप्रति घृणा जागेर आयो ।

मट्टितेल सिद्धिएर स्टोभ निभेको हुँदा उसका सोचाइहरू पनि त्यसै निभेर गए । उसले झट्ट जरिकेन हे¥यो तर रित्तो घ् दिनमा मट्टितेलको अभाव छ भनी नारा लगाउने जनतामाथि लाठी चलाएको कुरा सम्झियो । लामो सास तान्यो र त्यहाँ पनि आफूलाई कमजोर ठान्यो ।

ऊ किंकर्तव्यविमुढ भयो र ‘ए सानी हेर त, तेल सकियो’ भन्दै लाचारी व्यक्त ग¥यो ।

‘बुबा, अब भात कसरी पकाउने त ? मलाई त कस्तो भोक लागिरहेको छ ।‘ छोरो पुनः रोलाजस्तो गर्न थाल्यो ।

‘बाबु नरोऊ, आज चिउरा खाएर निर्वाह गरौँ है ¤‘

‘अँ, मुख सुनिएको छ, दाँतले चपाउनै हुँदैन । यी मुखै खोल्न हुन्न ।’ मुख देखाउँदै छोराले भन्यो ।

सानी केही पनि बोलेकी थिइनँ । उसले फेरि सोध्यो, तर सानीले केही जवाफ दिइनँ । बिचरी उसका खाना खाने चाहनाहरू पनि त्यसै मरिसकेका थिए ।

‘कस्तो सङ्कट ?’ उसले मनमनै विचार ग¥यो । दिनमा उसले सुनेका भाषण बल्ल उसका कानमा रन्केका थिए । उतिबेला त उसले त्यति वास्ता गरेको थिएन, तर अहिले आएर ती सबै कुराहरू सही हुन्जस्तो लाग्यो उसलाई ।

अर्को बिहान पाँचै बजे डिउटीमा जानुपर्ने थियो, तर ऊ त्यहाँ गएन । हातमा रित्तो जरिकेन लिएर सारा बजार डुल्यो । मट्टितेलका लागि लागेका लामालामा लाइनमा मिसियो, तैपनि मट्टितेल पाउन सकेन । उसले आफ्नो परिवारको दुर्दसा सम्झियो र खाली हात कोठामा जाने हिम्मत आएन ।

‘जागीर खाएर गुलम बनेर पनि यस्तो कष्ट उठाउनुपर्छ भने जागीर खाएको के सार भयो ? यो भन्दा त बरू गाउँमै हलो जोत्नु बेश ।‘ उसले यस्तै कुरा सोच्दै बाटाका किनारमा बसेर टोलाइरह्यो । ऊ के गरूँ, के नगरूँ । कुनै निष्कर्षमा पुग्न सकिरहेको थिएन । यस्तैमा परबाट आउँदै गरेको विशाल जुलुस देख्यो ।

‘इन्क्लाब जिन्दावाद ¤, सामन्तवाद मूर्दावाद ¤
विस्तारवाद मूर्दावाद घ्, हाम्रो जीत हुन्छ हुन्छ ¤’

जुलुस उसको नजिकनजिक आइरहेको थियो । उसले देख्यो । के के सोच्यो, अनि उसको मुटु सिरिङ ग¥यो । सरिरमा काँडा उठे । उसले तुरून्तै एकपटक घर, परिवार सबै सम्झियो, अनि ….‘दुःख गरेर जिउँदो लास भएर बाच्नुभन्दा…..’ भन्ने विचार गरी देब्रे हातले खाली जरिकेन समाउँदै र दायाँ हात माथि उठाएर जुलुससँगै मिसियो, अनि निकै बेरदेखि चुप रहेको उसको मुखबाट एक्कासी चको आवाज निस्कियो— ‘इन्क्लाब जिन्दावाद… ¤, सामन्तवाद मूर्दावाद ¤’

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १७ – Feb. 29, 2012 – २०६८ फागुन १७ गते, बुधबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.