कविता : हल्ला

~विप्लव ढकाल~Viplav Dhakal

कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरु ?
म इतिहास पढाउन खोज्छु
उनीहरु जङ्गली चरा जस्तै
हल्ला गर्छन् !

म गणित पढाउन खोज्छु
उनीहरु पहाडी खोला जस्तै
हल्ला गर्छन् !

म भाषा पढाउन खोज्छु
उनीहरु भाषा नै लाटो हुने
गरी हल्ला गर्छन् !

म ‘हल्ला नगर’ भन्छु
उनीहरु फेरि हल्ला गर्छन् !

सायद म बाँचेको समयमा नै
कुनै गम्भीर त्रुटि हुनुपर्छ !
नत्र यो हल्ला कसरी ‘हल्ला’
हो र ?

यो हल्ला आफैमा एउटा विचार हो
यो हल्ला आफैमा एउटा जीवन हो
यो हल्ला आफैमा एउटा सपना हो !

नानीहरु !
म पनि अब तिमीहरुसँगै बसेर
हल्ला गर्छु !!

(स्रोत : रचनाकारको कृति “च्याउको जंगल” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : हल्ला

  1. श्यामसुन्दर ढकाल says:

    मन छुने कविता !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.