~दिनेश श्रेष्ठ~
सिउँदो तिम्रो भएछ रङीन
गलाको हार रहेछ रङीन
डढेर मन खरानी खरानी
डोलीमा रानी चढेछ रङीन
आसुँको खोला सागर सागर
अङ्गालो हाली तरेछ रङीन
टुटेर मुटु पागल पागल
हाँसेर गयौ बनेछ रङीन
यादमा डुबी उदास उदास
साथमा तिम्रै सरेछ रङीन
तड्पेर दिल शरावी शरावी
सम्झेर उनी बढेछ रङीन
मन्थलि-४,रामेछाप
हाल – गठ्ठाघर,भक्तपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)