कविता : आशङ्का

~दिनेश अधिकारी~Dinesh Adhikari

कट्कटी काटिएको आफ्नो मन लिएर
थरथर काँपिरहेको
आक्रोशयुक्त‚ वरमा
कुनै एकदिन
वी.वी. अनुरागी
मसँग भनिरहेथे –
दाइ ! धर्मको नाममा
जिजुबाजे, बाजे र बा मात्र हैन
म पनि ‘अछुत’ नै थिएँ – हिजो
तिर्खाएर कुनै बिष्टको घर–आँगनमा पुग्दा
माथि पारेर
अम्खोराबाट उनले खन्याएको पानी
अलग्गै त–ल
आफूले अञ्जुलीमा थापेर पिउनु परेको थियो !
आज तपाई क्षेत्री–बाहुनहरूसँग
उठवस गर्न पाएको थिएँ
खानपिन गर्न पाएको थिएँ
बिर्सिसकेको थिएँ हिजो ‘अछुत’ भएको कुरा
र, साँच्चै म असाध्यै खुसी थिएँ
उफ ! अचानक फेरि के भयो यो ?
आफ्नै इच्छा विरुद्ध
म फेरि ‘जात’ मा झर्न थालेको छु
म फेरि अर्कैको हातमा पर्न थालेको छु
किन उल्टो गतिमा हिंड्न खोज्दैछ यो समय ?
र, तपाईं र मेरोबीचको हार्दिकतामा
वि‚तारैवि‚तारै लेउ लाग्न थालेको छध्र
नजानिदो ढंगले
हामीबीचको आत्मीयता
कतै छेउ लाग्न थालेको छ
समग्र देश मूर्छित छ
र, हरेक मान्छे
आफ्नो ‘कित्ता’ लाई मात्र देश ठान्न थालेको छ
म असाध्यै डराएको छु दाइ !
आउँदो कुनैदिन
तिर्खा लागेर
कुनै अर्को जालिको घर–आँगनमा पुग्दो

विगतमा ज‚तो
धर्मको आडमा होइन
यो पटक ‘जात’ को कारण
म फेरि ‘अछुत’ पो हुन्छु कि ?
फैलिंदै जाँदा यो घृणाको विष
पहिलेज‚तै फेरि
अम्खोराबाट उनले खन्याएको पानी
त–ल
आफूले अञ्जुली थापेर
पिउनु पर्ने दिन
मेरै जीवनकालमा
फेरि फर्केर आउने पो हो कि …?
भाइ !
ठिक भन्नुभयो तपाईंले
म पनि असाध्यै डराएको छु यो समयसँग
बढ्दै जाने हो भने यसरी नै यो क्रम
जातका कारण तपाईं र मबीचको यो न्यानो सम्बन्धमा
कहीं कटुता पो आइदिन्छ कि ?
तपाईं र मेरा बीचको यो हार्दिकतालाई
कहीं ‘जात’ ले पो खाइदिन्छ कि ?
रोक्न सकेनौं भने अहिल्यै यो बौलाहा आँधी
मलाई त– कतिसम्म डर लागेको छ भने भाइ !
यो देश र हाम्रो सम्बन्ध !
कहीं– इतिहासको अध्याय पो भइदिन्छ कि ?
कहीं एकादेशको कथा भएर टुंग्याइने विषय पो बनिदिन्छ कि ?

(स्रोत : मधुपर्क २०७० बैशाख)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.