~सीता थारू ‘निश्छल’~
जानु पर्ने अरुकै घरमा छोरीहरु ।
अनि बाँच्ने अर्काको रहरमा छोरीहरु ।
जन्मघर आमा–बुवा सबथोक छोडेर
चिनाउँछन् अरुकै थरमा छोरीहरु ।
समता र समानता जे भने पनि
गर्नै पर्ने त्यसैको डरमा छोरीहरु ।
छोरा–छोरी एकै हुन्, उत्तिकै मान्यता
तर पनि बाँच्नु पर्ने करमा छोरीहरु ।
पढ्न सक्यौं भने, एकदिन पक्कै पनि
बस्नु पर्ने छैन, अरुको भरमा छोरीहरु ।
(स्रोत : परगोह्नी गजल संग्रह)