कविता : यो मन

~प्रतिमान सिवा~

यो मन,
कहिले कही त नदुखाउँ भन्छु ।
तर,
बिनासित्ती दुखिई रहन्छ ।

कहिले तिमीलाई सम्झेर दुख्छ,
कहिले तिमीलाई भुलेर दुख्छ ।
कहिले दुख्दा दुख्दै झस्केर दुख्छ,
कहिले तिम्रो मुस्कानमा मस्केरै दुख्छ ।

कहिले फुङ्ग उडिजाने भुवा जस्तै,
कहिले सुकिजाने पानीको कुवा जस्तै,
कहिले कोमलतामा मुलायम भएर दुख्छ,
कहिले कठोरतामा बिभत्श भएर दुख्छ ।

यो मन,
कहिले कही त नदुखौँउ भन्छु,
तर,
बिनासित्ती तिम्रो मायामा
कहिले अल्झेर दुखिई रहन्छ,
कहिले बल्झेर दुखिई रहन्छ ।

कोमल,
अती कोमल यो मन
तिमीले छुँदा पनि दुख्छ,
तिमीले रुँदा पनि दुख्छ ।
कहिले कही त नदुखाँउ भन्छु,
तर,
बिनासित्ती तिम्रो प्यारमा अल्झी दुखिरहन्छ,
ममताको ज्वालामा सल्की दुखिरहन्छ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.