~रवि प्राञ्जल~
उद्विग्न छन् हृदय मेरा तिमीभित्र खेल्न ।
मन-गङ्गाका लहरमा तिमीलाई हेल्न ।
गहन भो भावनामा पौडी हृदयाञ्चल
बर्से सारा अश्रुधारा काँपे दृगञ्चल ।
भावनाका सरितामा बगी हरहर
पुग्छु दूर स्वर्गङ्गामा रुन्छु बरबर ।
अदिगन्त भावनामा नभ-तारा छुन्छु
निर्जर त्यो निर्झर झैँ गह सारा धुन्छु ।
शुष्क भयो मुटु मेरो जल्यो देह सारा
बज्न छोडे हृदय बीणा झरे अश्रुधारा ।
(रचनाकाल – २०३६/१/२२)
२०३६ मा लेखेको यो स्वतन्त्र गीति कविता गोरखापत्रको शनिवारीय पेजमा पनि प्रकाशित
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)