~श्यामदास वैष्णव~
कोयली गाउला बन गुञ्जाउला
हाय हाय हाय
निष्ठुरीको सम्झनालाई सम्झाई
मन मेरो रुवाऊला
बन गुञ्जाउला
गइ गइन् निठुरी बन्दै
हाय हाय गइ गइन् निठुरी बन्दै ।
बिहानी आउला घामले चियाउला
निठुरीको चालामाला देखाई मन मेरो रुवाऊला
लौ न लौ गइ गइन् बन्धन बन्दै
हाय हाय गइ गइन् निठुरी बन्दै ।
जुनेली छाउला न्याऊली गाउला
भुलुवाको भावनाले जिस्क्याउँदै नजर लगाऊला
लौ न लौ गइ गइन् बन्धन बन्दै
हाय हाय गइ गइन् निठुरी बन्दै ।
कोयली गाउला ……
शब्द : श्यामदास वैष्णव
स्वर / सङ्गीत : बच्चु कैलाश