कथा : बैशले मातिएपछि

~प्रकाश स्याङ्बो~Prakash Syangbo

बयस्क उमेरमा प्रवेश गरेकी शिक्षित परिवारमा हुर्केको सपना एकदिन बिदेश बाट आएकी फुपुको घरमा पुग्छिन फुपु उनको लागि चिया बनाउन किचनमा जादा सपनाले यौन कथाहरुको म्याकजिन भेट्छ,उनले म्याकजिन भित्रको उत्तेजक तस्बिर र यौन कथा पढ्दै गर्दा उनको फूपू आइपुग्छिन् सपना रातोपिरो हुँदै किताब लुकाउछिन् तर फुपुले नै ल्याएको किताब भएकोले फुपुले ´अप्ठ्यारो मान्न पर्दैन`भन्दै छेउमा बस्छिन्। उनीहरु बिच केहीबेर कुराकानी हुन्छ त्यपछि फुपुले आफ्नो पर्सबाट चिप्स निकालेर मोबाइलमा लगाउदै निलो फिल्म देखाइदिन्छिन्। विभिन्न पोजिसनका सेक्स क्रियाकलाप हेरेर सपना निकै उत्तेजित हुन्छिन् त्यसपछि उनी आफ्नो घर फर्किन्छिन्।

यसरी सपना फुर्सद र एक्लो भयो उनको मस्तिष्कमा खाली सेक्स सम्बन्धि कुराहरु मात्र आउन थालेको थियोे, उनले जब कोठामा एक्लो हुदा ईन्टरनेटमा सेक्स सम्बन्धि सामाग्री खोजेर हेर्ने बानी बसिसकेको थियोे,उनीमा एक किसिमको नसा चडिसकेको थियोे।एकदिन उनी बजारबाट घर फर्दिदै गर्दा बाटोमा सँग पढेका समिरलाई भेट्छ र दुबैजना कुरा गर्दै घरतर्फ लाग्छ, एकान्त बाटो केही पर पुगेर उनीहरु थकाइ मार्न बाटोको किनारमा बस्छन् , यही छन् यही मौकामा मानसिक रुपमा सेक्युअल नशा लागेकी सपनाले समिरलाई यौन व्यवहार गर्न खोज्छ, समिरले पनि मौकामा राम्रै फाईदा उठाउछ। त्यसपछि उनीहरु फेरि बाटो लाग्छन् र अन्तमा उनिहरु छुटिन्छन्।

दिनहरु यसरी अगाडि बढिरहेको हुन्छ,एकदिन समिरले सपनाको गरेको व्यवहार उनको साथीहरूलाई सुनाउँछ। मौका मिल्न साथ बिस्तारै बिस्तारै अन्य साथीहरुले पनि सपनाको फाइदा उठाउन थाल्छ। सपना पनि समाज र परिवारको आँखा छलेर आफ्नो अम्मल बसिसकेको नशा लिन फरकफरक साथीहरु सँग यौन व्यवहार गर्न मतलब नै राख्दैन थिइन् ,कहिले पनि परिवार र समाजको बुद्धिजीवी कहाँ सपनाको यस्तो हर्कत उघ्रिएन, समीर लगायतका युवाहरुले रोमाञ्च गर्न पाउँदा कहिले कुरा सार्वजनिक गरेनन्। यसरी अन्धकारमा ढुङ्गा हाने झै अन्योलमय जीन्दगी बिना प्रवाह बिताईरहेका थिइन।सपनाले परिवारलाई आफुप्रति संका कुनै ठाउँ राखेको थिएन। तर सपनालाई आफ्नो व्यवहारले कालो दिनहरु तिर धकलिरहेको थियोे।

केही बर्ष पछि…

एकदिनको कुरा हो सपनालाई वाकवाकी लाग्यो,अनि रिङ्गटा पनि लागेको महसुस भयो, दशा लागेपछि नहुनु पर्ने भएरै छाड्छ भने झै पढेलेखेकी शिक्षित सपना अन्य प्राइभेट गोप्य ठाँउमा जचाउन नगएर सरकारी हेल्थपोष्टमा पुगिन। जहाँ टोलका आईमाईहरु थुप्रै थिईन्, सपनाको जचाउने पालो आएपछि डाक्टरले जाँच गरे जुनबेला उनी गर्भवती भईसकेको रिपोट आयो। एककान दुईकान मैदान भने जस्तो बिस्तारै त्याहा हेल्थपोष्टमा आएको आईमाईहरुले थाहा पाईन्। त्यसपछि बिस्तारै टोलमा हल्ला फैलिएको थियोे। उनको बुवाआमा बजार गएको बेला परेकाले थाहा थिएन। सपना घर फर्किन, उनको दिमागमा बल्ल घाम लाग्यो उनलेे आफैले गरेको व्यवहार प्रति घिन लाग्न थाल्यो, दोष आफ्नै तग्दिरलाई लगाईन उनी कोठामा बसेर धेरै बेर रोईन। बेलुका बुबाआमा बजार बाट घरमा आइपुग्दा उनीले प्राण त्यागी सकेका थिईन्।प्रहरी अनुसन्धान हुन्छ पोष्टमाटन रिपोटमा उनले आत्माहत्या गरेको ठहरिन्छ, यसरी उनको जीवनसँग सम्बन्धित कुनै प्रमाण नजुटेपछि सपना आत्माहत्या काण्डको फाईल प्रहरी अपराध अनुसन्धान फाईलिङ र्याकमा बन्द रहेर थन्किन्छ।

समाप्त

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.